रिब्दीकोट गाउँपालिका अध्यक्षकाे तलब भत्ता गाउँकै विकासमा खर्च

पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिकाका अध्यक्षले आफ्नाे पारिश्रमिक र सेवा सुविधा गाउँका विकासकाे लागि समुदायलाइ सहयोग गर्नु भएकाे छ । स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन्।तर पाल्पाको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफ्नो तलव भत्ता गाउँको बिकासमा प्रयोग गदै आउनु भएको छ ।

राज्यबाट पाउने तलबभत्ता लगायतका सुविधा जनताको सेवामा खर्चिएर उदारणीय कार्य गर्नुभएका रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आज रिब्दीकोट गाउँपालिका वडा न ७ बतासेदेखी डवका, फेक हुँदै रानिबगिया जोड्ने बाटो निर्माणका लागि संघीय सरकार, सडक डिभिजन कार्यालयबाट गत आ,वमा बिनियोजित बजेट पचास लाख बाट बाटो निर्माण गर्ने क्रममा प्राविधिक मुल्यांकन भन्दा साठी हजार बढीको निर्माण कार्य भएकोमा आज बतासे बजारका स्थानीय र पत्रकारको माझमा अध्यक्ष कार्की आफ्नो तलव भत्ताबाट उक्त रकम साठी हजार सम्बन्धित व्यक्तिलाइ हस्तान्तरण गर्नु भयको छ।

आउदा दिनहरुमा रिब्दीकोट गाउँपालिकाभित्रका सम्पुर्ण उपभोक्ता समितिहरुलाइ प्राविधिक मुल्यांकन अनुसार कार्य गर्न र गराउनुहुन समेत अनुरोध गदै जनताको सेवामा गाउँपालिका सधै साथमा रहेको समेत बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष दान बहादुर कुवँर,स्थानीय बासी समाजसेवी र पत्रकारको उपस्थीत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च