भारतबाट ल्याइएको अवैध मासु प्रयोग नगर्न तिलोत्तमाको आग्रह, विकि वितरण गर्नेलाई प्रकाउ गर्न अनुरोध

बुटवल । तिलोत्तमा नगरपालिकाले भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई नगरपालिका क्षेत्रभित्र विक्रि वितरण गर्नेलाई कार्वाही गर्न अनुरोध गरेको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मगलबार एक विज्ञप्ति जारी गरि नगरपालिका क्षेत्रभित्र छिमेकी मुलुक भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई यस नगरपालिका क्षेत्रभित्र विक्रिवितरण समेत भएको जानकारी प्राप्त हुन आएकोले यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

साथै नगरप्रमुख खाणले यस्तो मासुको प्रयोग नगर्नु नगराउनु आग्रह गर्दै त्यस्तो मासुको ओसार पसार गर्नेलाई देख्ने जोकोहिले पक्राउ गरि सम्वन्धित वडा कार्यालय, नगरपालिका कार्यालय तथा सम्वन्धित निकायमा बुझाओउन सम्पूर्ण नगरवासीहरुमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च