चन्द्रकोट गाउँपालिका गुल्मीले पालिका भित्रका नागरिकको सहजताका लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ।
गाउँपालिकामा संचालन भइरहेको शिविरमा योजना सम्झौता,उपभोक्ता समितिहरुको लागि अनुशिक्षण कार्यक्रम,ज्येष्ठ नागरिक परिचयपत्र वितरण,व्यवसाय दर्ता तथा कृषि फर्म दर्ता एवं नवीकरण,माटो परिक्षणका लागि नमुना संकलन,कृषि तथा पशुसेवा परामर्श एवं औषधि वितरण,स्वास्थ्य परिक्षण,परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध गराउदै आएको छ।
जस अन्तर्गत आज गाउँपालिकाले वडा नं ३ हराचौरमा सेवा प्रदान गरेको थियो।
यस्तै हिजो पनि चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवाबाट सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालले जानकारी दिनु भयो।
नागरिकको घरदैलोमै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ ।