वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गदै रैनादेबी छहरा गाउँपालिका

पाल्पा । रैनादेबी छहरा गाउँपालिकाले वडा वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ। ज्येष्ठ नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थासम्म धाउन कठिन भएको भन्दै उनीहरूलाई वडाबाटै भत्ता दिइने छ । पालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता बापत् सरकारबाट आउने रकम पालिकामै ल्याउने र उक्त भत्ता बैंकमार्फत वडा कार्यालयमा वितरण गरिने छ ।

बुधबार गाउँपालिकाकाे भएको एक औपचारिक कार्यक्रमका बिच पालिकाकाे तर्फबाट गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना,लेखा अधिकृत लिला मनि बस्याल र सम्बन्धि बैंकका शाखा प्रमुखहरू बिच सम्झाैता भएको हाे ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार पालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वडा कार्यालय मार्फत वितरण गरिने बताउनुभयो ।

नेपाल सरकारले दिँदै आईरहेको बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, एकल महिलाकाे सामाजिक सुरक्षाभत्ता गाउँपालिकाले वडाबाट नै वितरण गर्ने कार्यकाे शुरूवात गर्न लागेको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले जानकारी दिनुभएको छ । रैनादेबी छहरा गाउँपालिकामा ८ वटा वडा रहेका छन ।

गाउँपालिका र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिने साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, गर्भवती महिला,अपाङ्ग लगायतको नयाँ खाता खोलिने बताउनुभयो ।

अब छिटै गाउँपालिकाले वडामा रहेका वृद्धवृद्धा एकल महिला,अपांग,गर्भवती तथा सुत्केरी महिला लगायतको बैंक खाता समेत खोल्न सुरु गरिने बताउनुभयो । भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यपालिकाकाे निर्णय गरिएको गाउँपालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च