पाल्पामा महिला हिंसाका घटनाहरु बढ्दै

सुमित्रा कंडेल

तानसेन । पछिल्लो समय पाल्पामा महिला हिंसाका घटनाहरु बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाको को तथ्यांकअनुसार चार आर्थिक वर्षमा पाल्पामा महिला हिंसाका घटना तीव्र गतिमा बढ्दै गएका हुन्। आर्थिक वर्ष २०७७र०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय पाल्पामा दर्ता भएका महिला हिंसाका उजुरीहरु ह्वात्तै बढेको पाइन्छ।

आर्थिक वर्ष २०७७र०७८ मा ५०,आर्थिक वर्ष २०७८र०७९ मा ८१ ,०७९र०८० मा ९८ र चालू आर्थिक वर्षको हालसम्म ३४ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ।
२०७७र०७८ मा घरेलु हिंसातर्फ ४९,आर्थिक वर्ष २०७८र०७९ मा घरेलु हिंसातर्फ ८१ वटा ०७९ र ०८० मा ९८ उजुरी परेका छन्।
यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म घरेलु हिंसातर्फ ३४ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
जवर्जस्ती करणी तर्फ ०७७र०७८ मा १७,०७८र७९ मा २४,०७९र०८० मा १५ र चालू आर्थिक वर्षको अहिलेसम्म ४ वटा उजुरी परेका छन। तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा घरेलु हिंसाका घटना बढी छन्।

आर्थिक वर्ष २०७७र०७८ देखि चालू आर्थिक वर्षको अहिलेसम्म २ सय ६३ उजुरी दर्ता भएको जनाइएको छ। हिंसा अन्तर्गत दर्ता भएका सबैजसो उजुरी मिलापत्र भइसकेका छन् भने केही बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकमा छ। हिंसाका घटनालाई न्यूनीकरण गर्न प्रहरी कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को अवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका स्थानीय ,समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई स्थानीय तहले बस्तीको टोल टोलमा पुर्याउन सके लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ । स्थानीय सरकारले यस्ता कार्यक्रमलाई बेवास्ता गर्दा हिंसाका घटना बढ्दै गएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च