रास्वपा सभापति रवि लामिछाने पाल्पा आउदै

पाल्पा-रास्वपा केन्द्रीय सभापतिको उपस्थितिमा पाल्पा रामपुरमा खुल्ला जनसभा हुने भएको छ ।
सभा यहि पुस २१ गते शनिबार दिउसो १२ बजे देखि सुरु हुने छ । लामिछानेको साथमा माननिय सुमना श्रेष्ठ, उप सभापति डि.पि अर्याल ,केन्‍द्रीय सदस्‍य इश्रा मुल्‍ला मिया, गैर आवसीय नेपाली सम्‍पर्क विभाग प्रमुख अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, मानव तथा बन्यजन्तु द्धन्द्ध व्यवस्थापक होम क्षेत्री लगायतअन्य रास्वपा केन्द्रिय सदस्यहरुको समेत उपस्थिती रहने लुम्बिनी प्रदेश सद्स्य नारायण न्यौपानेले जानकारी दिनुभएको छ ।
जाजरकोट भुकम्पको कारण रोकिएको रामपुर पाल्पाको खुल्ला सभा पुनः पौष २१ गते शनिबार हुन लागेको हो ।
सभालाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति माननीय रवि लामिछाने, केन्द्रिय नेता तथा सभासदहरूको सम्बोधन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च