अर्घाखाँची, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन ।
माघ २० गतेका राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको खुल्ला सभामा सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने कार्यक्रम रहेको जिल्ला सभापति हरिप्रसाद भुसालले जानकारी दिए ।
रवि लामिछानेले सन्धिखर्क स्थित टुडिखेलमा हुने खुल्ला सभालाई सम्बाेधन गर्नेछन् । लामिछाने पहिलोपटक अर्घाखाँचीकाे सन्धिखर्क आउँन लागेकाे स्वतन्त्र पार्टिले जनाएको छ ।
यसअघि गत कार्तिक २० गते जाजरकोट भुकम्पका कारण रोकिएको खुल्ला सभा अहिले गर्न लागिएको रास्वपा अर्घाखाँचीले जानकारी दिएकाे छ ।