विद्या विनोद माविको ७१ औं वार्षिकोत्सव समारोह सम्पन्न

अर्घाखाँचीको पाणिनी -विद्या विनोद माध्यमिक बिद्यालय पाणिनी ७ अडगुरी अर्घाखाँचीको ७१ औं वार्षिकोत्सव समारोह एक कार्यक्रमका बिच आज भब्य रुपमा मनाइएको छ ।

कार्यक्रममा बोल्ने बत्ताहरुले जिल्लाकै समग्र शैक्षिक विकासका लागि विद्यालयले पुर्याएको योगदानको उच्व मुल्यांकन गर्दै प्रशंसा गरेका थिए साथै उनिहरुले शैक्षिक गुणस्तरको निरन्तरताका लागि समेत कामना गरेका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली, वडा अध्यक्ष गुनाखर अधिकारि, विद्यालयका संस्थापक प्रधानाध्यापक अशोक कुमार श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाका मन्त्रि तुल्सीराम पौडेल, जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासे ,अड्गुरी स्वास्थ्य चौकि प्रमुख पुनाराम भुसाल, संस्थापक विद्यार्थी मेगबहादुर गोदार, भुवानीशंकर अधिकारि, पदम श्रेष्ठ, अड्गुरी समाज रुपन्देहीका जीवन अधिकारी, जनप्रतिनिधि, ब्यावस्थापन समितिका पधाधिकारि, शिक्षक अभिभावक सँघ, डेमलाल स्मृति अक्षयकोष र टुकलाल हिमकला स्मृति अक्षयकोषदाताहरु ,अभिभावक,विद्यार्थी, स्थानीय बुद्धिजिवि तथा सरोकारवाला लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका संस्थापक विद्यार्थी मेगबहादुर गोदारले आफ्ना माता पिताको स्मृतिमा ५५ हजार ५ सय ५५ रुपैया बराबरको अक्षयकोष स्थापना गर्न विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरे र प्रधानाध्यापक माधव भुसाललाई संयुत्तरुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बिधालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्दै प्रधानाध्यापक माधव भुसालले पटक पटक बिधालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरेका थिए । भौतिक संरचनाको अभावका बिच बिधालयले राज्यलाई आवस्यक पर्ने जनशक्ति उत्पादनमा टेवा पुर्याउन सफल भएको दावी गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले शिक्षक दरवन्दी मिलान नगरी निजिस्रोत बाट शिक्षक राखेर स्थायी समाधान दिन नसकिने तर्फ जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका थिए । शिक्षालय मात्र थुपार्नु भन्दा बालबालिकाको पढने अधिकारबाट बन्चित नहुने गरि मर्जरको प्रक्रियामा जानुपर्ने आवस्यकता औल्याएका छन ।

विद्यालयले आफ्नो वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक अशोक कुमार श्रीवास्तवलाई दोसल्ला ओडाएर सम्मानपत्र सहित विशेष सम्मान गरेको छ । पाणिनिको अड्गुरीमा शिक्षाको विकासमा टेवा पुर्याएको भन्दै श्री वास्तवलाई विद्यालयले सम्मान गरेको हो । सम्मान पछि बोल्दै श्रीवास्तवले आफ्नो सपना पुरा भएको भन्दै हर्षित भएको बताएका थिए ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेका प्रतियोगिताहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको थियो । साथै सोहि विद्यालयमा अध्ययन गरि एस. एल. सि. उत्तिण गरेर एम.वि.बि.एस. पुरा गरि जिल्ला अस्पताल अर्घाखाँचीमा आएका डा.अमृत थापालाई समेत सम्मान गरिएको गरिएको छ ।

यसै गरि बिद्यालयले अड्गुरी समाज रुपन्देहीलाई पनि बिद्यालयलाई सहयोग गरेर शैक्षिक बिकासमा टेवा पुर्याएको भन्दै सम्मानपत्र सहित सम्मान गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरुले स्थानिय मौलिक संस्कृति झल्कने गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, शिक्षक इन्दिरा थापाको सञ्चालन र शिक्षक बिष्णु पोडेलको स्वागत मन्तब्य सँगै शुरुवात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च