पत्रकार भगवान भण्डारी नियमित रक्तादाता संघ पाल्पाको संयोजकत्वमा

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष एवम् पाल्पा समाचारपत्रका प्रधानसम्पादक भगवान भण्डारीको नेतृत्वमा पाल्पा रक्तदाता संघको गठन गरिएको छ।

पाल्पामा क्रियाशिल नेपाल नियमित रक्तदाताहरुको तानसेनमा सम्पन्न भेलाले भण्डारीको संयोजकत्वमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको बताइएको छ।

जिल्लामा उपचारका लागि बिरामीका लागि आवश्यक रगत व्यवस्थापनमा सहजीकरण गर्न संघ क्रियाशील रहने संयोजक भण्डारीले बताउनुभयो । हामी छरिएर रहेका रक्तदाताहरुलाई गोलबद्ध गरेर अगाडि बढाउने, जिल्लाका सामाजिक संघ संस्था र अभियन्तासंगको समन्वय र सहकार्यमा रक्तदान बारे सचेतना फैलाउने, रक्तदाताहरुको सूचि तयार गर्ने र अन्तिममा ब्लड बैक स्थापना गर्ने लक्ष्यका साथ संघले काम गर्ने छौं संयोजक भण्डारीले बताउनुभयो ।

भेलामा संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष अशेष सिलवाल, पाल्पाली संगमका पूर्व अध्यक्ष पदम न्यौपाने र पत्रकार देब पचभैयाले आवश्यक परेको बेला बिरामीले रगत जुटाउन धेरै समस्या हुने गरेकोमा यो संघले सहजीकरण गर्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च