कागजको प्रयोग कम गदै,सजिलो र छिटो अनलाईनबाट सेवा दिदै चिदीपानी

पाल्पा – माथागढ़ी गाउपालिका वडा न १ चिदीपानीले कागजको प्रयोग कम गदै,सजिलो र छिटो अनलाईनबाट सेवा आजबाट अनलाईन सेवा सुरु गरेको छ ।
जिल्लामै पहिलो पटक माथागढ़ी गाउपालिका वडा न १ चिदीपानीमा अनलाईन सिफारिस प्रणाली शुभारम्भ गरिएको हो । नाता प्रमाणित योजना सम्झौता, जग्गा नामसारी, नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)’उद्योग/फर्म दर्ता सिफारिस, जन्म/मृत्यु प्रमाणित , आय-व्यय प्रमाणित लगायत यो अनलाइन सिस्टम द्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो ।
साथै , वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ।जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो , विश्वसनीय र प्रभाबकारी हुनेछ।
प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुने पन्थीको भनाइ छ।
यो सेवा प्रयोग गर्न को निम्ति यो URL https://sifarish.ibis.com.np/login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो।
सुभारम्भ केश ब सिङ्जालिलाइ पहिलो सेवाग्राहीको रुपमा सिफारिस गरिएको छ।कार्यक्रममा कर्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्य डुकुल ब गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च