राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ) द्धारा बाख्रालाई नि.शुल्क औषधि वितरण

पाल्पा । तानसेन नगरपालिका वडा.न.८ पिपलडाडामा बाख्रा पालन सम्बधि नि.शल्क तालिम सन्चालन गरिएको छ ।
राष्ट्रिय स्वत्रन्त्र पाटीको आयोजनामा गरिएको बाख्रा पालन सम्बन्धि तालिममा घरेलु विधि,तरिका खोर निमार्ण बारे जानकारी,कसरी बाख्रा पालन गर्ने बाख्रा पालनमा आउने समस्याको बारेमा बताईएको थियो ।

तालिममा प्रविधिक ज्ञान दिदै प्रविधिकहरु अर्जुन पाण्डे र ओम वौडेलले बाख्रामा लाग्ने प्रमुख रोगहरु, लक्षण र रोकथामका उपाय बाख्राको बड्क्यौंला र दिसाको नियमित प्रयोगशाला परीक्षण गराउने तथा सिफारिस गरेका औषधीहरु वर्षमा २ पटक खुवाउने बारेमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय स्वत्रन्त्र पाटीका जिल्ला सभापति विष्णु प्रसाद भण्डारीले बाख्रा पाल्न कम खर्चिलो हुने अन्य पशुभन्दा रोग बाधा पनि कम हुने, सिमान्त ग्रामीण कृषक एवं महिलाहरुको बैकल्पिक आयको श्रोत भएकाले बाख्रा पालनमा जोड दिन आग्रह गर्नुभयो ।

नेपालको प्रसंगमा हाम्रा केहि धार्मिक परम्पराले गर्दा अन्य जनावरको मासु भन्दा खसी बोबाको मासु बढी प्रचलन हुने हुनाले पनि बाख्रा पालनको महत्व रहेको बताउनु भयो ।

आफु सगँ प्राविधिक तथा बाख्रामा लाग्ने घातक रोगको घरेलु उपचार बारे जानकारी रहेको हुदाँ कृषकहरुलाई आफुले सक्दो सहयोग गर्ने सभापति भण्डारीले बताउनु भयो ।

तालिममा बाह्र सय बाख्राहरुलाई विभिन्न परिक्षण तथा जाचँ गरी नि.शुल्क औषधि तथा भिटामिन समेत वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्वत्रन्त्र पाटीका जिल्ला सभापति विष्णु प्रसाद भण्डारी,वडा कमिटि अध्यक्ष राजेन्द्र भण्डारी,सदस्य दामोदर घिमिरे,प्राविधिकहरु तथा बाखा पालक कृषकहरुको उपस्थितिमा तालिम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च