पाल्पामा जंगलमा राखेको अवस्थामा पाच थान अवैध बन्दुक बरामद

तानसेन। पाल्पा प्रहरीले जंगलमा लुकाए राखेको अवस्थामा पाँच वटा भरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको टोलीले पाल्पाको रैनादैवी छहरा गाउँपालिका ७ बल्ढेङगढीको ढाबास्थित भोर्लेघाट सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट उक्त संख्यामा भरुवा बन्दुक फेला पारेको हो।

फेला परेकोमा एक नाले भरुवा बन्दुक दुई थान, छर्रा र बारुदसहितको झोलासमेत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालाय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार बल्ढेङगढीकै चन्द्रकार सामुदायिक वनमा ढुंगा मुनी लुकाइराखेको अवस्थामा एक नाले भरुवा बन्दुक तीन थान फेला परेको छ।

सो स्थानमा पनि छर्रा र बारुद पनि फेला परेको छ । फेला परेका सबै बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च