बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् ।

सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च