पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा हावाहुरीसँगै आएको असिना र पानीका कारण ठूलो क्षति पुर्याएको छ। एक्कासी हावाहुरीसँगै आएको असिना र मुसल्धारे पानीका कारण यहाँका सयौं घरमा क्षति पुर्याउनुका साथै असिना र पानीका कारण अधिकांशको घरको छानो उडाएर क्षति पुर्याएको छ।
गाउँपालिकाले क्षति गरेका घर परिवारलाई तत्कालका लागि त्रिपाल हस्तान्तरण गरेको छ ।गाउँपालिकाका प्रवक्ता एवम गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र पुन,वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेल, जिन्सी शाखा प्रमुख प्रकाश केसी लगाएतको नेतृत्वमा हावाहुरी र असिनाले क्षति गरेका घर परिवारको अनुगमन समेत गरिएको छ ।
चैत्र १७ गते शनिबारको हावा हुरी सहितको असिना पानीले भौतिक लगाएत तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति हुदा कृषकहरू चिन्तित भएका छन । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शनिबार हावाहुरी र असिना पानीले क्षति पुगेकाहरूलाई मूल्याङ्कन गरी सक्दो राहात प्रदान गर्ने बताएका छन ।
असिना पानीले आधा सुन्तलालाई क्षति पुर्याएको बताए । हावा र असिना पानीको कारण काक्रा,बोडि,सिमि,टनेलमा समेत क्षति पुगेको बताए । गाउँपालिकाले पालिकाका ८ वटै वडामा भएका क्षतिको संकलन गरिरहेको बताउदै कृषकहरूलाई मुल्यांकनका आधारमा पालिकाबाट सक्दो राहत प्रदान गर्ने बताए । साथै कृषकहरूलाई नआतिन र धैर्य गरि बस्न आग्रह गरेका छन ।गाउँपालिकाका प्रवक्ता एवम गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र पुनले हावा र असिना पानीले क्षति पुगेका घरहरूको अवलोकन गरिएको बताए । बढि क्षति पुगेका घर परिवारलाई तत्कालका लागि त्रिपाल लगाएतका सामाग्री वितरण गरेका छौ । अहिले पालिकाका ८ वटै वडामा भएमा क्षतिहरूको तथ्यांक पनि संकलन गरिरहेको गाउँपालिकाले जनाए