रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरीएको छ । बिहीबार आयोजना गरिएको घोषणा समारोहमा स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा राजेन्द्र कुमार गिरी जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाएरनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । ‘‘सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो,’’ अधिकारीले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय उपप्रमुख काशिका गैरे ,रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल,स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा,राजेन्द्र गिरी ,जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विश्वनाथ न्यौपानेप्रबक्ता प्रकास रायमाझी,लगायतले सुनिश्चितता हुनु मात्रै पूर्णता नभएको बताएदै यसलाई निरन्तरता दिँदै सेवालाई प्रभावकारी बनाउनु पर्ने बताउदै स्वास्थ संस्था लाई बलियो गुणस्तर र प्रभावकारिता बनाउदै लैजान आग्रह समेत गर्नु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष नरायण बहादुर कार्कीले आगामी दिनमा स्वास्थ्य क्षेत्रका समस्यालाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनामा समेटिने जानकारी दिनु भयो । कार्कीले घोषणाले एउटा एजेण्डा पुरा भएको भन्दै पूर्ण खोपको दिगोपना कायम रहेको अवस्था कुनै पनि बालबालिका कुनै पनि खोप लिनबाट बन्चित नहुने बताउदै खोप कार्यक्रमको मुख्य लक्ष्य बालबालिकाहरुमा खोपबाट बिरामीको दर,अपाङ्गता ब्यँकतीको दर तथा मृत्यु दर कम गराउने रहेको बताउनु भयो ।

नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखी यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने उपाध्यक्ष कान्ता अधिकारीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाको पूर्णखोपमा स्वास्थ्यको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले प्रस्तुतिकरण गनुभएको थियो । प्रमुख अधिकारीका अनुसार पूर्ण खोप सुरक्षित भविष्य पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रकृयाहरु पुरा गरि गाउँ पालिकामा १६ देखि ५९ महिना सम्मका सबै बाल बालिकाहरु लाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोप दिलाई पुर्ण खोप पाएको सुनिश्चितता दिगोपना गरिएको हुँदा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका स्वास्थाकर्मीलाई पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च