रिब्दीकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । जिल्ला पहिलो पटक स्थापना गरिएको कपडा बैंकको औपचारिक रूपमा बिहीबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल, क्लोथ एन्ड फुड बैङ्क नेपालका प्रतिनिधि लगायतले संयुत रुपमा उद्धघाटन गर्नुभएको हो ।

क्लोथ एण्ड फूड बैंक नेपालले रिब्दीकोट गाउँपालिकाको सहकार्यमा कपडा बैंक स्थापना गरेको हो ।

सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गर्नुभयो । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उँहाको विश्वास छ । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । प्रयोगमा नआएका पुराना लत्ता कपडा संकलनका लागि पालिकाकामा संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने कार्काीले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घरमा भएका आफूलाई आवश्यक नपर्ने कपडा क्लोथ बैंकमा जम्मा गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । विपन्न तथा गरिव वर्गको हितका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै गरिबीका कारण शरीर ढाक्न समेत मुस्किल पर्ने समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कपडा बैंकलाई व्यवस्थित गराउन पालिकाले सघाउने प्रतिवद्धता समेत जनाउनुभयो ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले यो अभियानमा स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई सहकार्य गर्नआव्हान गनुभयो ।
निस्शुल्क रुपमा प्रयोग गर्न सकिने गरी कपडा बैंक स्थापना गरिएको छ‍। न्यून आयश्रोत भएका सेवाग्राहीहरूले आवश्यक पर्ने कपडा प्रगोय गर्न पाउने गरी उक्त कपडा बैंक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च