प्रेस युनियन पाल्पाको साधारण सभा रामपुरमा सम्पन्न

पाल्पा,नेपाल प्रेस युनियन पाल्पाको बार्षिक साधारण सभा रामपुरमा सम्पन्न भएको छ । शनिबार बनभोज सहित युनियनको साधारण सभा रामपुरको ज्याग्दी बृहत पार्कमा सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले पछिल्लो समय लोकतन्त्र माथि प्रहार हुदै गएको बताउनुभयो । यहाँले यो गठबन्धनको सरकारले प्रेस माथी अंकुश लगायने कम गरेको भन्दै निरंकुश शासकले पहिलो प्रहार प्रेस माथी नै गर्ने गरेको बताउनुभयो ।

केन्द्रिय अध्यक्ष लम्सालले प्रेस जगतले हरेक अन्दोलनमा निर्णयकारी भूमीका खेलेको भन्दै प्रेस माथीको आक्रमण स्वयम् सरकारका लागी महंगो पर्ने बताउनुभयो ।कार्यक्रमका बिशिष्ठ अतिथी रामपुर नगपालिकाका नगर प्रमुख रमण बहादुृर थापाले रामपुरले रामपुरको पर्यटन बिकासमा जिल्ला स्तरिय कार्यक्रम रामपुरमा हुनुपर्ने बताउनुभयो । उहाँले एक जिल्ला भित्र आएका पर्यटकलाई रामपुरमा पनि पर्यटकीय स्थल रहेको भन्ने् जानकारी पाल्पालस् पत्रकारहरुले गराउनु पर्ने बताउनुभयो । प्रमुख थापाले यहाँले पछिल्लो समय रामपुरमा भौतिक बिकास हुदै गएको र अब मानबीय चेतनामा बिकास गर्नुपर्ने बेला आएको बताउनुभयो ।

त्यस्तै बिशिष्ठ अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले प्रेस युनियन पाल्पाले झपेन्द्र गहिरेपछि केन्द्रिय नेतृत्व पाउन नसकेको भन्दै पाल्पालाई नेतृत्वमा पुर्यायनु पर्ने धारणा राख्नुभयो । उहाँले सरकारले केन्द्रिय मिडिया माथी गरेको पछिल्लो ब्यबहार प्रेस जगतमाथी भएको आक्रमणको रुपमा रहेको बताउनुभयो । साधारण सभा छ बुँदे रामपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएकाृ हो ।कार्यक्रम युनियन पाल्पाकी अध्यक्ष मन गहिरेको अध्यक्षता र सचिब बिष्णु घिमिरेको संन्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च