लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा शाह

पाल्पा- लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा राजिव कुमार शाह निर्विरोध निर्वाचित हुनु भएको छ । यस अघि शाह प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ बर्ष २०२४/२५ का लागि अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको हाे । शाह पाल्पा जिल्लाकाे सामाजिक,शैक्षिक तथा पर्यटन क्षेत्रमा सकृय हुनुहुन्छ । उहाँ नाटा पाल्पा च्याप्टरका अध्यक्ष,सन २००९ पाल्पा जेसिजका अध्यक्ष एवम प्राध्यापक हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष शाहले क्लबले बर्ष २०२४ मा  एम्बुलेन्स खरिद गर्ने याेजना बनाएको बताउनुभयो । बिशेष गरि पाल्पा जिल्ला पहाडी जिल्ला हाे । यहाँका केही स्थानहरू भाैगाेलिक हिसाबले पछाडि परेका छन । उक्त स्थानका नागरिकहरूलाई सहज रूपमा एम्बुलेन्स मार्फत अस्पताल ल्याउनका लागि सहयोगी दातृ निकायकाे पहलमा एम्बुलेन्स ल्याइ सञ्चालन गर्ने याेजना बनाएको छु,अध्यक्ष शाहले बताउनुभयाे ।

क्लबकाे प्रथम उपाध्यक्षमा किरण चित्रकार,द्वितीय उपाध्यक्षमा धिरज कुमार बज्राचार्य,तृतीय उपाध्यक्षमा विवेक काजी शाक्य,सचिवमा रविन्द्र आर्चाय,काेषाध्यक्षमा लक्ष्मण रेग्मी र सदस्यहरूमा गणेश कडेल,विरेन्द्र मिधुन,अशाेक विश्वकर्मा,अमर सुनार,साेम गहतराज,अमृत हेमचुरी,नरेन्द्र अमात्य निर्विरोध चयन हुनु भएको छ ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि चाटर प्रिसिडेन्ट लायन सागर मान महर्जनले क्लब स्थापना कालमा विभिन्न पेशामा आवद्व २१ जना युवाहरू मिलेर शुरूवात गरेको बताउनुभयाे ।  क्लबले हामी सेवा गर्दछाै भन्ने उधेश्यले स्थापना काल देखि नै समाजमा कम अवसर पाएका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएकाे बताउनुभयो । क्लबले तानसेन स्थित टुडिखेलमा वृक्षारोपण,विद्यार्थीहरूलाई खेलकुदका सामाग्री हस्तान्तरण,विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयाे । नयाँ निर्वाचित समितिले आगामी दिनमा सकारात्मक र रचनात्मक कार्य गर्न सुझाव दिनुभयाे । क्लबले आगामी दिनमा तानसेनका विभिन्न स्थानमा पुगी सामाजिक कार्यकाे माध्यमबाट नाम उचाे बनाउने गरि कार्यक्रम ल्याउन र कार्यान्वयन गर्न सकाेस भनी शुभेच्छा व्यक्त गर्नुभयाे । साथै क्लबलाई गर्नुपर्ने सहयोग गर्ने बताउनुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि बर्ष २०२४/२५ का एरिया चिफ लायन शशी श्रेष्ठले नयाँ निर्वाचित समितिले सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउने गरि काम गर्न आर्गह गर्नुभयाे । कार्यक्रममा सन २०२४/२५  क्षेत्र ३ का प्रमुख लायन सुरेश कुमार भट्टराई,लायन्स क्लब अफ पाल्पाका अध्यक्ष लायन समीर मान सिंह,क्लबका निवर्तमान अध्यक्ष अमन श्रेष्ठ लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा स्वागत मन्तव्य क्लबका द्वितीय उपाध्यक्षमा धिरज कुमार बज्राचार्य गर्नु भएको थियाे भने कार्यक्रमकाे सञ्चालन तृतीय उपाध्यक्ष विवेक काजी शाक्यले गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च