अन्तर्राष्ट्रिय खबर

रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

अन्तर्राष्ट्रिय खबर, खेल, ट्रेन्डिङ, शिक्षा
काठमाडौं । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् । प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । कानूनकी विद्यार्थी रुक्साना कपालीले फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।...
भारतबाट ल्याइएको अवैध मासु प्रयोग नगर्न तिलोत्तमाको आग्रह, विकि वितरण गर्नेलाई प्रकाउ गर्न अनुरोध

भारतबाट ल्याइएको अवैध मासु प्रयोग नगर्न तिलोत्तमाको आग्रह, विकि वितरण गर्नेलाई प्रकाउ गर्न अनुरोध

अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
बुटवल । तिलोत्तमा नगरपालिकाले भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई नगरपालिका क्षेत्रभित्र विक्रि वितरण गर्नेलाई कार्वाही गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मगलबार एक विज्ञप्ति जारी गरि नगरपालिका क्षेत्रभित्र छिमेकी मुलुक भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई यस नगरपालिका क्षेत्रभित्र विक्रिवितरण समेत भएको जानकारी प्राप्त हुन आएकोले यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । साथै नगरप्रमुख खाणले यस्तो मासुको प्रयोग नगर्नु नगराउनु आग्रह गर्दै त्यस्तो मासुको ओसार पसार गर्नेलाई देख्ने जोकोहिले पक्राउ गरि सम्वन्धित वडा कार्यालय, नगरपालिका कार्यालय तथा सम्वन्धित निकायमा बुझाओउन सम्पूर्ण नगरवासीहरुमा आग्रह गरेका छन् ।...
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
अबुजा । नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ । स्थानीय अधिकारीहरूले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको थियो । व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै सो गर्दा डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत जानकारी गराएका हुन् । घाइतेको संख्या भने, यकिन भएको छैन। ताराबा राज्यका गभर्नर अग्बु केफासले पीडितहरूप्रति शोक व्यक्त गर्दै विज्ञप्ति जारी गर्दै तुरुन्तै छानबिन गर्न आदेश दिएका छन् । डुङ्गा दुर्घटनाहरू अक्सर पश्चिम अफ्रिकी देशमा बढी हुने गर्छ । दुर्घटनाका कारण यात्रुको अत्यधिक चाप, प्रतिकूल मौसमी अवस्था, र परिचालनमा त्रुटि लगायतका उल्लेख्य छन् ।...
इजरायलमा भएको आक्रमणमा परी १०,नेपालीको मृत्यु

इजरायलमा भएको आक्रमणमा परी १०,नेपालीको मृत्यु

Breaking 2, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं।हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ ।हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताउनु भएको थियो । इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्क विहिन भएको मन्त्री साउदले सदन समक्ष जानकारी गराउनु भएको थियो । मन्त्री सउदले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरुको उद्वारकालगि समन्वय संयन्त्र स्थापना गरेर नेपालीहरूको अवस्थ...
सिक्किम बाढीमा अहिलेसम्म ४१ काे मृत्यु, अझै १०३ जना बेपत्ता

सिक्किम बाढीमा अहिलेसम्म ४१ काे मृत्यु, अझै १०३ जना बेपत्ता

Breaking 2, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सिक्कि । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकी १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् । इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बंगालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए । सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाकाे शव भर्खरै भेटिएको थि...
मंगोलियाविरुद्ध कुशलको विश्वकीर्तिमान, ३४ बलमा शतक

मंगोलियाविरुद्ध कुशलको विश्वकीर्तिमान, ३४ बलमा शतक

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ताजा अपडेट, मनोरन्जन, स्वास्थ्य
काठमाडौं । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्। १९औं एसियाडमा चीनका हाङझाओमा भएको खेलमा ३४ बलमा १०१ रन बनाउँदै कुशलले विश्वकीर्तिमान कायम गरेका हुन्। यसअघि साउथ अफ्रिकाका खेलाडी डेभिड मिलरले ३५ बलमा शतक बनाएका थिए।
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु

बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु

अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट
भारत (रासस/एएनआई) जयपुर (राजस्थान), राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए । सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियोे । सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बा·र अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् । यसअघि शनिबार अपराÞन राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ)का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।...
भागवण्डा मिलाउन लुम्बिनीमा २ मन्त्रालय थप्ने तयारी

भागवण्डा मिलाउन लुम्बिनीमा २ मन्त्रालय थप्ने तयारी

अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
तानसेन। भागवण्डा मिलाउन लुम्बिनी प्रदेश सरकारले २ वटा मन्त्रालय थप गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको प्रदेशमा आर्थिक भार बढाउने गरी दुई मन्त्रालय थप गरी १२ मन्त्रालय बनाउन लागिएको हो । सत्तागठबन्धन भित्र भागबन्डा नमिल्दा मुख्यमन्त्री चौधरीले १०० दिन बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैन् । दुई मन्त्रालय थप गरेर साउन महिना भित्रमा नै मन्त्रीपरिषद्ले पूर्णता पाउने गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए । ‘पहिला पनि मुख्यमन्त्रीसहित ११ मन्त्री हुनु हुन्थ्यो । अब मुख्यमन्त्रीसहित १२ मन्त्री हुने गरी यहि साउन महिना भित्रमा नै सरकारको विस्तार हुन्छ ।’–उनले भने । सत्तागठबन्धन भित्रका दलहरु बिच बजेट पास भएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने सहमति भएकाले सरकार विस्तारमा केही ढिलाई भएको मन्त्री पाण्डेयले बताए । मन्त्रीपरिषद् विस्तार हुँदा ...
अष्ट्रेलियामा हुने नेपाली फुटबल बारे एन्फा उपाध्यक्ष लामा र राजदुत पोख्रेलबीच छलफल

अष्ट्रेलियामा हुने नेपाली फुटबल बारे एन्फा उपाध्यक्ष लामा र राजदुत पोख्रेलबीच छलफल

अन्तर्राष्ट्रिय खबर, खेल, ट्रेन्डिङ, राष्ट्रिय खबर
पाल्पा । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखेरल बीच अष्ट्रेलियामा हुने नेपाली फुटबल गतिविधीलाई लिएर छलफल भएको छ । अष्ट्रेलियामा रहेर समग्र नेपाली फुटबललाई माया गर्ने बिभिन्न क्लब तथा संघसंस्थाहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको एन्फा उपाध्यक्ष लामाले बताए । हाल अष्ट्रेलिया भ्रमणमा रहेका लामाले नेपाली फुटबललाई माया गर्दै अष्ट्रेलियाका विभिन्न शहरमा स्थापित भएका बिभिन्न क्लबलाई एन्फाससँग आबद्ध गराउँदै प्रतियोगिता मात्र सञ्चालन नगरी व्यवस्थित गर्ने विषयमा राजदुत पोख्रेल पनि सकारात्मक रहको बताए । गैर आबासीय नेपाली संघ (एनआरएन) को पनि नेपाली फुटबलको बिकास र बिस्तारमा अतुलनीय योगदान रहेको भन्दै अष्ट्रेलियामा हुने प्रतियोगितालाई एन्फासँग जोडेर ग्रासरुटबाटै प्रतियोगिता संचालन गर्नुपर्नेमा दुवैको जोड...
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौँ : इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ। यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ । ...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च