खेल

रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

अन्तर्राष्ट्रिय खबर, खेल, ट्रेन्डिङ, शिक्षा
काठमाडौं । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् । प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । कानूनकी विद्यार्थी रुक्साना कपालीले फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।...
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

खेल, जानकारी, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।...
मंगोलियाविरुद्ध कुशलको विश्वकीर्तिमान, ३४ बलमा शतक

मंगोलियाविरुद्ध कुशलको विश्वकीर्तिमान, ३४ बलमा शतक

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ताजा अपडेट, मनोरन्जन, स्वास्थ्य
काठमाडौं । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्। १९औं एसियाडमा चीनका हाङझाओमा भएको खेलमा ३४ बलमा १०१ रन बनाउँदै कुशलले विश्वकीर्तिमान कायम गरेका हुन्। यसअघि साउथ अफ्रिकाका खेलाडी डेभिड मिलरले ३५ बलमा शतक बनाएका थिए।
अर्घाखाँची : पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहार ४९ घटना

अर्घाखाँची : पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहार ४९ घटना

Breaking 2, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, स्थानीय खबर, स्वास्थ्य
अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहारका ४९ घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पछिल्लो ४ बर्षमा जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार र जबरजस्ती करणी उधोग जस्ता घटना गरी ४९ वटा यौन दुरब्यबहारका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायए उपरीक्षक मुकुन्द रिजालका अनुसार अर्घाखाँचीमा आर्थिक बर्ष २०७६/०७७ मा ५ महिला र १० बालीका गरी १५ वटा करणीका मुद्धा दर्ता भएका थिए भने बाल यौन दुर्व्यवहारका २ र जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका थिए । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा ३ जना महिला र ६ जना बालिका सहित १० वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । रिजालका अनुसार सोही बर्ष ३ वटा बाल यौन दुर्व्यवहारका मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०७८/०७९ मा ४ जना बालीका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ...
अष्ट्रेलियामा हुने नेपाली फुटबल बारे एन्फा उपाध्यक्ष लामा र राजदुत पोख्रेलबीच छलफल

अष्ट्रेलियामा हुने नेपाली फुटबल बारे एन्फा उपाध्यक्ष लामा र राजदुत पोख्रेलबीच छलफल

अन्तर्राष्ट्रिय खबर, खेल, ट्रेन्डिङ, राष्ट्रिय खबर
पाल्पा । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखेरल बीच अष्ट्रेलियामा हुने नेपाली फुटबल गतिविधीलाई लिएर छलफल भएको छ । अष्ट्रेलियामा रहेर समग्र नेपाली फुटबललाई माया गर्ने बिभिन्न क्लब तथा संघसंस्थाहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको एन्फा उपाध्यक्ष लामाले बताए । हाल अष्ट्रेलिया भ्रमणमा रहेका लामाले नेपाली फुटबललाई माया गर्दै अष्ट्रेलियाका विभिन्न शहरमा स्थापित भएका बिभिन्न क्लबलाई एन्फाससँग आबद्ध गराउँदै प्रतियोगिता मात्र सञ्चालन नगरी व्यवस्थित गर्ने विषयमा राजदुत पोख्रेल पनि सकारात्मक रहको बताए । गैर आबासीय नेपाली संघ (एनआरएन) को पनि नेपाली फुटबलको बिकास र बिस्तारमा अतुलनीय योगदान रहेको भन्दै अष्ट्रेलियामा हुने प्रतियोगितालाई एन्फासँग जोडेर ग्रासरुटबाटै प्रतियोगिता संचालन गर्नुपर्नेमा दुवैको जोड...
नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टसा जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । ओपनर सूर्यान्सु कोइराला १८ रन, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।...
टेस्ट राष्ट्र बिरुद्ध पहिलो जीत निकाल्ने दाऊमा नेपाल, आयरल्याण्डसँग मैदानमा उत्रदै

टेस्ट राष्ट्र बिरुद्ध पहिलो जीत निकाल्ने दाऊमा नेपाल, आयरल्याण्डसँग मैदानमा उत्रदै

खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर
काठमाडौं । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुने जनाईएको छ । नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो । नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफनो जादु देखाउने अपेक्षा गरिएको छ । नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।...
साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दै

साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दै

खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् । फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो । भारतले लेबनानलाई पेनाल्टीमा हराएको थियो । साफमा भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ । लेबनान र कुवेतले यसपटक आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् । साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।...
साफ च्याम्पियनसिप : भारतसँग २-० ले पराजित हुँदै समूह चरणबाट बाहिरियो नेपाल

साफ च्याम्पियनसिप : भारतसँग २-० ले पराजित हुँदै समूह चरणबाट बाहिरियो नेपाल

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरन्जन, राष्ट्रिय खबर
भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हारसँगै असमुह चरणबाट बाहिरिएको । बैग्लोरको श्री कान्तिरभा स्टेडियममा शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २-० ले पराजित भएको हो। खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। खेलको ६२ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीको गोलमा नेपाल १-० ले पछि परेको थियो। उत्कृष्ट लयमा रहेका सुनिलले पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए। खेलको ७० औं मिनेटमा महेश नोरेमको गोलमा नेपाल २-० ले पछि परेको हो। अघिल्लो सिजन नेपाल र भारतले साफको फाइनल खेलेका थिए। समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानसँगको खेल प्रतिष्ठाका लागि मात्रै हुने छ ।...
विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै

विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै

अन्तर्राष्ट्रिय खबर, खेल, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर
आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेवालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ। नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्न चाहान्छ । त्यसको लागि नेपालले ब्याटिङलाई ध्यानमा राख्दै प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट परिवर्तन गर्ने सम्भावना छ । स्पिनर ललितनारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई मैदान उतार्न सक्छ । जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् । दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थिय...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च