जानकारी

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।...
पन्जेबाजा गीत पारिजात को बोट लाइ दर्सक श्रोता को माया

पन्जेबाजा गीत पारिजात को बोट लाइ दर्सक श्रोता को माया

Breaking 1, ट्रेन्डिङ, मनोरन्जन, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
तानसेन । लामोसमय देखि सिंगापुरलाइ कर्मथलो बनाउँदै आउनु भएका मेधावी गितकार संगितकार निर्माता तथा लोक श्रजक खिमानन्द खरेल ले भर्खरै पारीजातको बोट पन्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ। यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक हुने समय पनि हो, ब्यबसायिक कलाकार हरुकै तौर तरिका बाट खरेलले अहिले सम्मकै उत्कृष्ट पारीजात को बोट नयाँ गीत बजारमा ल्याउनुभएको छ। पहिले जस्तै याे शृजना ले पनि राम्रै माया पाउने बिष्लेषकहरु बताउछन् । बालोकाल देखि नै लोकसंगीत को क्षेत्रमा मोहित खिमानन्द का हरेक शृजना हरुले गाउँघर कै झल्को दिने गरेको पाइन्छ। अभागी आमा आफ्नै घरको कथाबाट शुभारम्भ भएर बिभिन्न बियोगान्त भाकाहरू उनको युटुबमा राखिएका छन्, धेरै दर्शक श्रोता ले रुचाएका शृजना मेचिमाहाकली ,करङ खोलीमा , प्यारो मुसिकोट , मगर मेला, लगाएतका विविध भौगोलिक विशेषताहरू बिछोड का भाव बोकेका गीत हेर्न सुन्न सकिन्छ । य...
चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ । मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ । धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्...
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेकाे छ भने आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ । हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।...
राम्दीमा एकादशी मेला

राम्दीमा एकादशी मेला

जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, समाचार, स्थानीय खबर
तानसेन। लुम्बिनी र गण्डकी प्रदेशको सीमा क्षेत्र राम्दीधाममा एकादशी मेला लागेको छ । हरि बोधिनी एकादशीको अवसरमा कालीगण्डकी स्थान गर्नका लागि आउने भक्तजनका कारण मेला लोको हो । एकादशीको दिन बिहानैदेखि पाल्पा र स्याङ्जासंगै देशका विभिन्न स्थानबाट आएका भक्तजनले कालीगण्डकी स्नान गर्नुका साथै पूजाआजामा सहभागी भएका थिए । राम्दीधाममा पुगेका भक्तजनले काली स्नान गरेपछि नजिकै रहेको सुनगुफामा दर्शन र पूजा गरेका थिए भने राम मन्दिर र राम जानकी मन्दिरमा गएर पूजा गरेका थिए । मेला भर्न पुगेका भक्तजनले स्थानीय उत्पादन खरिद गरेका थिए भने यो वर्ष लागेको मेलामा पनि सहभागी बनेका थिए । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनामा राम्दीमा कलाकार सम्मान, प्रतिभा प्रस्तुती, शंका फुक्ने कार्यक्रम तथा गीत प्रस्तुतीलगायतका कार्यत्रम राखेको थियो सो कार्यक्रममा पनि सयौं भक्तजन रमाएका थिए ।...
कालीगण्डकीमा रिब्दीकोटका एक पुरुष मृत फेला

कालीगण्डकीमा रिब्दीकोटका एक पुरुष मृत फेला

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर, स्वास्थ्य
तानसेन।पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका–१४, दुमैस्थित कालीगण्डकी नदी किनारमा रिब्दीकोट गाउँपालिका–३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मङ्सिर ५ गते घरबाट बिना जानकारी बेपत्ता भएका खत्रीको खोजतलास गर्ने क्रममा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाएर थप अनुसन्धान जारी रहेको छ।...
काँग्रेस महामन्त्री गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउने

काँग्रेस महामन्त्री गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीले मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको हो । बिहिवार बिपि स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला सम्मेलन मङ्सिर ८ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको पार्टी सचिव कृष्ण खनालले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने उनले बताए । बैठकले जाजरकोट र रुकुममा भुकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्दार लाई प्रभाककारि बनाउन सरकारसंग माग गरेको पार्टी प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।...
बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

Breaking 2, जानकारी, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ। प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।...
आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना गम्भीर घाइते भएको बताएका छन् । उनले घाइतेको सरकारले उपचार गर्न नपर्ने भन्दै सबै घाइतेको आफैले उपचार गर्ने बताए उनीहरुलाई केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च