स्थानीय खबर

तानसेन नगरपालिका द्धारा ५० % अनुदानमा किसानलाई कृषि यन्त्र तथा मौरी पालन सामाग्री वितरण

तानसेन नगरपालिका द्धारा ५० % अनुदानमा किसानलाई कृषि यन्त्र तथा मौरी पालन सामाग्री वितरण

Breaking 2, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर, स्वास्थ्य
तानसेन । पाल्पाको तानसेन नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ,नगर उप प्रमुख प्रतिक्षा सिङ्जाली,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संयुक्त रूपमा कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गर्नुु भएको हो ।नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिमका कृषकहरू ४७ जनालाई हाते ट्याक्टर,४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामाग्री तथा ५८ जना कृषकहरूलाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रि...
रामपुर नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण

रामपुर नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण

Breaking 2, जानकारी, ट्रेन्डिङ, शिक्षा, स्थानीय खबर
पाल्पा , रामपुर नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण प्रदान गरेको छ । करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा कर्मचारीहरुले राखेका प्रश्न तथा जिज्ञासा बारे प्रष्ट पार्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको बताउनुभयो । नगरलाई वर्तमान अवस्था सम्म ल्याउनका लागि कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै थापाले नगरको स्रोत र साधनले भ्याए सम्म कर्मचारीको सेवा सुविधामा नगरपालिकाले विशेष ध्यान दिदै आएको बताउनुभयो । नगरपालिकाले गत वर्ष देखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै कार्य सम्पादनका आधार...
तानसेन नगरपालिका द्धारा ५० % अनुदानमा किसानलाई  कृषि यन्त्र तथा मौरी पालन सामाग्री वितरण

तानसेन नगरपालिका द्धारा ५० % अनुदानमा किसानलाई कृषि यन्त्र तथा मौरी पालन सामाग्री वितरण

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर
तानसेन । पाल्पाको तानसेन नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ,नगर उप प्रमुख प्रतिक्षा सिङ्जाली,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संयुक्त रूपमा कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गर्नुु भएको हो ।नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिमका कृषकहरू ४७ जनालाई हाते ट्याक्टर,४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामाग्री तथा ५८ जना कृषकहरूलाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रि...
लुम्बिनीमा कांग्रेसले टुंगो लगायो गुल्मीका धनेन्द्र कार्कीसहित,पाँच मन्त्रीको नाम

लुम्बिनीमा कांग्रेसले टुंगो लगायो गुल्मीका धनेन्द्र कार्कीसहित,पाँच मन्त्रीको नाम

Breaking 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले ५ मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार राति कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीका एक पदाधिकारीले जनाएका छन् । यसअघि एमालेले पाउने ४ मन्त्रीको पनि टुंगो लागेको छ । दुवै दलले आज मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ हुन् । लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा आइतबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । उनीसहित १० जनाको शपथ बुधबार बिहान हुन लागेको हो ।...
पाल्पा – बुटवल सडकखण्ड भासिएपछि  राति बन्द गरेर निर्माण गरिदै

पाल्पा – बुटवल सडकखण्ड भासिएपछि राति बन्द गरेर निर्माण गरिदै

Breaking 2, ट्रेन्डिङ, समाचार, स्थानीय खबर, स्वास्थ्य
बुटवल । बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राती पूर्ण रुपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ । ...
लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा जाने चार मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथसँगै एकसाथ मन्त्री परिषद बिस्तार गर्ने योजना अनुसार एमालेबाट मन्त्रीहरुको नाम टुंगीएको हो । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेबाट भोलि रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी रहेका छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा शहरी विकासमन्त्री थिए भने पन्थी आन्तरिक मामिला मन्त्री थिए । यसैबीच संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजिनामा दिने जनाउ पार्टी अध्यक्षलाई दिएको उनी निकटस्थ श्रोतले बताएको छ ।...
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी सम्पन्न

पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी सम्पन्न

Breaking 1, जानकारी, ट्रेन्डिङ, शिक्षा, स्थानीय खबर, स्वास्थ्य
पाल्पा – जिल्लामा रहेको नेपाल नेत्र ज्योति संघ र पाल्पा लायन्स लाकौल आँखा अस्पताल र उपचार केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पाल्पा लायन्स लाकोल आँखा अस्पतालका आउट रिच को अर्डिनेटर सन्तोष दर्जि, कालीगण्डकी आँखा उपचार केन्द्रका इन्चार्ज सुन्दर राना, तिनाउन् आँखा उपचार केन्द्रका इन्चार्ज रमेश साहनी र रैनादेबि छहरा आँखा उपचार केन्द्रका इन्चार्ज मनोज शर्माले आ–आफ्ना अस्पताल र उपचार केन्द्रहरुको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । पाल्पा लायन्स लाकौंल आँखा अस्पतालका लेखापाल जीबनाथ गैरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सो अबसरमा कालीगण्डकी आँखा उपचार केन्द्रका संयोजक भिम बिस्व भट्टराईले रामपुर आँखा उपचार केन्द्रको समस्यनहरु बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अस्पताल र उपचार केन्द्रहरु लाइ दातृ तथा स्थानीय निकाय जिल्लामा रहेको विभिन्न सामाजिक संघ स...
रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई गुलेली र मटेंग्रा उपहार

रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई गुलेली र मटेंग्रा उपहार

Breaking 1, जानकारी, ट्रेन्डिङ, शिक्षा, स्थानीय खबर
तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई गुलेली र मटेंग्रा वितरण गरेको छ । पछिल्लो समय बादँर, सुंगासहितका जंगली जनावरले मकैलगायतका बालीमा हानी पुर्याएपछि नियन्त्रणका लागि मटेंग्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अहिले स्यार गर्ने बेलाको मकैबारीमा सबैभन्दा धेरै बादँर र सुगाले हैरानी पुर्याएपछि किसानले पालिकामा नियन्त्रणका लागि गुनासो गरेपछि वडा नं. २ र ३ का किसानलाई गुलेली र मटेंग्रा वितरण गरिएको हो। बादँर र सुगाँसहित चरा र अन्य जंगली जनाबरलाई नियन्त्रणमा सहयोग स्वरुप दुई वटा वडाका किसानलाई गुलेली र मटेंग्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बताए। ग्रामीण क्षेत्रमा मानिसको जनसंख्या घट्दै जाँदा जंगलको क्षेत्र विस्तार हुँदा बाँदर र अन्य जंगली जनावरले किसानलाई सास्ती दिदै आएका छन् । स्याहार गर्ने बेलाको मकैको रक्षामा चुनौतीको रुपमा रहेको बाँदर नियन्त्...
आज ४२ औँ बीपी स्मृति दिवस मनाइँदै

आज ४२ औँ बीपी स्मृति दिवस मनाइँदै

Breaking 2, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, शिक्षा, स्थानीय खबर
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनाप...
आज गुरु पूर्णिमा, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज गुरु पूर्णिमा, विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking 2, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, शिक्षा, स्थानीय खबर
तानसेन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा 'गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च