ट्रेन्डिङ

श्रीलङ्कामा जारी यु २० पुरुष भलिबलमा नेपालको विजयी सुरुवात

श्रीलङ्कामा जारी यु २० पुरुष भलिबलमा नेपालको विजयी सुरुवात

खेल, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
काठमाडौं ।आइतबारबाट श्रीलंकामा सुरु काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा घरेलु टोली‌ श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो। यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट नेपालले २८-२६ ले आफ्नो पक्षमा‌ पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको छ । असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेल असोज २१ गते हुनेछ जसमा नेपालले उज्वेकिस्तानको खेल्ने छ भने असोज २२ गते तेस्रो खेल माल्दिभ्सको संग खेल्ने छ । चौथो खेल नेपालले असोज २४ गते किर्गिस्तानसँग खेल्नेछभने पाँचौ खेल असोज २५ गते तुर्किमेनिस्तानसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा‌ भएको यु ...
नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा । नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर...
रैनादेवी छहराका अवरुद्ध ग्रामीण सडकहरु सन्चालनमा

रैनादेवी छहराका अवरुद्ध ग्रामीण सडकहरु सन्चालनमा

Breaking 2, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्र लगातार परेको झरीले बन्द भएका सबै सडक सन्चालनमा आएका छन । बडादसैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि स्थानीय सरकारको पहलमा अवरुद्ध सडक सन्चालनमा आएको गाउँपालिकाले जनाएको छ । बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि मुझङु भुवनपोखरी सिद्धेश्वर सत्यवती जुठापौवा बल्डेङगढी लगाएतका क्षेत्रमा अवरुद्ध सडक मार्फत अहिले गाउँपालिकार सदरमुकाम तानसेन सम्म सवारी आवतजावत गर्न थालेको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनु भयो । दशैँ तिहार नजिकिएसँगै यातायातका साधन सञ्चालनमा आउँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज हुनाका साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न समेत सहज भएको छ । सडक सञ्चालन भएसँगै यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायीले बताएका छन् ।...
फोहोर व्यवस्थापनका लागि रैनादेवी छहरामा डस्वीन वितरण

फोहोर व्यवस्थापनका लागि रैनादेवी छहरामा डस्वीन वितरण

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर
रैनादेवी छहरा ४ छहरा वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि वडा भित्र रहेका ब्यापारीहरुलाई डस्वीन वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी छहराका ब्यापारीहरुलाई डस्वीन प्रधान गरेको वडा अध्यक्ष गोवीन्द रायमाझीले जानकारी दिनुभयो । वडा बाट बिनियोजन भएको १ लाख ६५ हजार लगानीमा छहराका १८४ जना ब्यापारीलाई सरसफाई अभियानलाई सफलतापुर्वक अगाडी बढाउने उदेश्यले फोहोर व्यवस्थापनका लागि डस्वीन वितरण गरेको अध्यक्ष रायमाझीले बताउनु भयो । एक्लैले सुन्दर छहरा बनाउन नसकिने भन्दै त्यसका लागि छहरा बासीहरुको सहभागीता महत्वपुर्ण हुने बताउदै वातावरणलाई सफा र स्वच्छ राख्नका लागि पनि वडा कार्यालयले डस्वीन वितरण कार्यक्रम अगाडी सारेको उहाँको भनाई छ । डस्वीन वितरण कार्यक्रममा उधोग बाणिज्य संघका पश्चिम क्षेत्रका सदस्य खुम प्रसाद पोखरेल पाल्पा ब्यापार संघका सदस्य लक्ष्मण बराल र छहराका होटल तथा अन्य...
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट,मुल्य समायोजन देखि कल्याणकारी कोषको स्थापना गदै समिति

तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट,मुल्य समायोजन देखि कल्याणकारी कोषको स्थापना गदै समिति

Breaking 2, जानकारी, ट्रेन्डिङ, समाचार, स्थानीय खबर
पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट करिब एक सय मिटर तल तानसेन –३ भगवती टोलस्थित श्रेष्ठ न्यु एजेन्सी नजिकै होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो । सेवाको एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख वसन्त घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री वीरबहादुर राना, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, उपभोक्ता,सुरक्षा निकायका प्रमुखसहितका व्यक्तिहरूको उपस्थितिमा कार्यालयको शुभारम्भ गरिएको हो । घटस्थापनाको शुभ साइत पारेर समितिले सुविधा सम्पन्न र व्यवस्थित काउन्टरसहितको कार्यालय सञ्चालनमा ल्याएको छ । लामो समय साँघुरो ठाउँबाट सेवा दिर्दैै आएको समितिले छुट्टाछुट्टै काउन्टर कक्ष, कार्यालय प्रमुख कक्ष,अध्यक्षको...
नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, स्थानीय खबर
तानसेन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादसैं बिहीबारदेखि सुरू भएको छ। आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद प्रा डा रा...
इन्धनको मूल्य घट्यो, कति घट्यो? (सूचीसहित)

इन्धनको मूल्य घट्यो, कति घट्यो? (सूचीसहित)

Breaking 1, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर, समाचार
तानसेन । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ। इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।...
४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

Breaking 2, जानकारी, ट्रेन्डिङ, शिक्षा, स्थानीय खबर
तानसेन । नेपाल विद्यार्थी संघ इकाई समिति पाल्पाले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको क्याम्पस प्रशासनलाई माग–पत्र बुझाएको छ । विद्यार्थीहरूका हकहितका लागि विभिन्न ४५ बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई माग–पत्र बुझाएको हो । संघका क्याम्पस इकाई समिति सभापति पुन्य प्रसाद सुवेदीको नेतृत्वमा निमित्त क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीलाई उक्त माग–पत्र बुझाएको हो । मागपत्रमा उल्लेखित कुराहरु अक्षरस तत्काल पुरा नभएको खण्डमा हुने परिस्थितीको जिम्मेवार स्वयं क्याम्पस प्रशासन रहने समेत उल्लेख गरीएको छ । नेवि संघले पुस्ताकालयमा प्राप्त पुस्तक तत्काल उपलब्ध हुनुपर्ने र पुस्तकालयमा व्यवस्थित तरिकाले पढ्न पाउनु पर्ने, ई–लाइबेरीको व्यवस्थापन हुनुपर्ने, कम्प्युटर ल्याव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुनुपर्ने, केन्द्रिय पुस्तकालयको सदस्य वनी सो मार्फत प्राप्त हुने सामग्रीहरु प्राध्यापक...
४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

Breaking 1, जानकारी, ट्रेन्डिङ, शिक्षा, स्थानीय खबर
तानसेन । नेपाल विद्यार्थी संघ इकाई समिति पाल्पाले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको क्याम्पस प्रशासनलाई माग–पत्र बुझाएको छ । विद्यार्थीहरूका हकहितका लागि विभिन्न ४५ बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई माग–पत्र बुझाएको हो । संघका क्याम्पस इकाई समिति सभापति पुन्य प्रसाद सुवेदीको नेतृत्वमा निमित्त क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीलाई उक्त माग–पत्र बुझाएको हो । मागपत्रमा उल्लेखित कुराहरु अक्षरस तत्काल पुरा नभएको खण्डमा हुने परिस्थितीको जिम्मेवार स्वयं क्याम्पस प्रशासन रहने समेत उल्लेख गरीएको छ । नेवि संघले पुस्ताकालयमा प्राप्त पुस्तक तत्काल उपलब्ध हुनुपर्ने र पुस्तकालयमा व्यवस्थित तरिकाले पढ्न पाउनु पर्ने, ई–लाइबेरीको व्यवस्थापन हुनुपर्ने, कम्प्युटर ल्याव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुनुपर्ने, केन्द्रिय पुस्तकालयको सदस्य वनी सो मार्फत प्राप्त हुने सामग्रीहरु प्राध्यापक...
बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

Breaking 1, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरो सँगै पुरिँदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुइँटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा (नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताइएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट १० जना र राजमार्ग चौराहाबाट टिकट लिएर ३ जना चढेका थिए। यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्बर मात्रै उल्लेख छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट शाखा कर्मचारी लक्ष्मण पोखरेलका अनुस...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च