ताजा अपडेट

गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु

गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु

Breaking 1, जानकारी, ताजा अपडेट, समाचार, स्थानीय खबर, स्वास्थ्य
गुल्मी । गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेलमा यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० वर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु भएको भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मि स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर गत बिहीवार महाराष्ट्रको उल्लास नगर स्थित रेलको लिकमा बेहोस अबस्थामा भेटिएका थिए । उनको हिजो मृत्यु भएको जानकारी आएको त्यस वडाध्यक्ष त्यस वडाध्यक्ष धन बहादुर पुनले जानकारी दिए । त्यस दिन उनी रेल्को लिकमा दुर्घटनामा परेको जानकारीमा आए पछि प्रवासि नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति शभापयि शंकर बिक , प्रवक्ता खबत बिश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुराएका थिए । घटनास्थलदेखि अस्पतालसम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालि...
लुम्बिनीका अस्पताल बिकास समितिहरु खारेज तथा नियुक्ती विरुद्ध सर्वोच्चको अन्तरिम आदेश

लुम्बिनीका अस्पताल बिकास समितिहरु खारेज तथा नियुक्ती विरुद्ध सर्वोच्चको अन्तरिम आदेश

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर
बुटवल । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्याधिवक्ता नहकुल शुवेदीको एकल ईजलासले मँगलबार उक्त आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने निर्णयसँगै अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० पारित गरेको थियो । यसैगरी सोही नियमावली अनुसार प्रदेशका १३ वटा अस्पतालहरुमा नयाँ अध्यक्ष नियुक्ति गरेको थियो । सरकारले नयाँ नियमावली अनुसार कार्तिक २३ गते लुम्बिनी प्रदेश सरकार मातहतका अस्पताल विकास समितिका अध्यक्षहरुको नियुक्ती गरेको थियो । सरकारले गरेको उक्त नियुक्तिले आफूहरुमाथि अन्याय भएकोले उक्त नियुक्ति समेत खारेज गरी पाउँ भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, राप्ती प्रादेशिक अस्पतालक...
पाल्पामा महिला हिंसाका घटनाहरु बढ्दै

पाल्पामा महिला हिंसाका घटनाहरु बढ्दै

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर
सुमित्रा कंडेल तानसेन । पछिल्लो समय पाल्पामा महिला हिंसाका घटनाहरु बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाको को तथ्यांकअनुसार चार आर्थिक वर्षमा पाल्पामा महिला हिंसाका घटना तीव्र गतिमा बढ्दै गएका हुन्। आर्थिक वर्ष २०७७र०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय पाल्पामा दर्ता भएका महिला हिंसाका उजुरीहरु ह्वात्तै बढेको पाइन्छ। आर्थिक वर्ष २०७७र०७८ मा ५०,आर्थिक वर्ष २०७८र०७९ मा ८१ ,०७९र०८० मा ९८ र चालू आर्थिक वर्षको हालसम्म ३४ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ। २०७७र०७८ मा घरेलु हिंसातर्फ ४९,आर्थिक वर्ष २०७८र०७९ मा घरेलु हिंसातर्फ ८१ वटा ०७९ र ०८० मा ९८ उजुरी परेका छन्। यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म घरेलु हिंसातर्फ ३४ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध...
नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ । एमालेका अनुसार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ । जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन् ।...
भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री

जानकारी, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बिहीबार उनले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका निम्ति दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार दिइने जानकारी गराए । दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उनले स्पष्ट पारे । उनले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका निम्ति मात्र पाँच अर्ब रुपैयाँ चाहिने बताए ।...
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गदै रैनादेबी छहरा गाउँपालिका

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गदै रैनादेबी छहरा गाउँपालिका

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय खबर, स्वास्थ्य
पाल्पा । रैनादेबी छहरा गाउँपालिकाले वडा वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ। ज्येष्ठ नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थासम्म धाउन कठिन भएको भन्दै उनीहरूलाई वडाबाटै भत्ता दिइने छ । पालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता बापत् सरकारबाट आउने रकम पालिकामै ल्याउने र उक्त भत्ता बैंकमार्फत वडा कार्यालयमा वितरण गरिने छ । बुधबार गाउँपालिकाकाे भएको एक औपचारिक कार्यक्रमका बिच पालिकाकाे तर्फबाट गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना,लेखा अधिकृत लिला मनि बस्याल र सम्बन्धि बैंकका शाखा प्रमुखहरू बिच सम्झाैता भएको हाे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार पालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वडा कार्यालय मार्फत वितरण गरिने बताउनुभयो । नेपाल सरकारले दिँदै आईरह...
सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।...
चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ । मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ । धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्...
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेकाे छ भने आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ । हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च