धर्म/ज्योतिश

चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ । मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ । धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्...
राम्दीमा एकादशी मेला

राम्दीमा एकादशी मेला

जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, समाचार, स्थानीय खबर
तानसेन। लुम्बिनी र गण्डकी प्रदेशको सीमा क्षेत्र राम्दीधाममा एकादशी मेला लागेको छ । हरि बोधिनी एकादशीको अवसरमा कालीगण्डकी स्थान गर्नका लागि आउने भक्तजनका कारण मेला लोको हो । एकादशीको दिन बिहानैदेखि पाल्पा र स्याङ्जासंगै देशका विभिन्न स्थानबाट आएका भक्तजनले कालीगण्डकी स्नान गर्नुका साथै पूजाआजामा सहभागी भएका थिए । राम्दीधाममा पुगेका भक्तजनले काली स्नान गरेपछि नजिकै रहेको सुनगुफामा दर्शन र पूजा गरेका थिए भने राम मन्दिर र राम जानकी मन्दिरमा गएर पूजा गरेका थिए । मेला भर्न पुगेका भक्तजनले स्थानीय उत्पादन खरिद गरेका थिए भने यो वर्ष लागेको मेलामा पनि सहभागी बनेका थिए । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनामा राम्दीमा कलाकार सम्मान, प्रतिभा प्रस्तुती, शंका फुक्ने कार्यक्रम तथा गीत प्रस्तुतीलगायतका कार्यत्रम राखेको थियो सो कार्यक्रममा पनि सयौं भक्तजन रमाएका थिए ।...
राम्दी धाममा एकादशी मेला हुने

राम्दी धाममा एकादशी मेला हुने

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
तानसेन – जिल्लाको राम्दीमा एकादशी मेला हुने भएको छ । जिल्लास्थित लोकदोहोरी प्रतिष्ठान नेपाल पाल्पाको सक्रियतामा राम्दीमा एकादशी मेला तथा कलाकार सम्मान कार्यक्रम हुने भएको हो । आगामी मंसिर ७ गते राम्दीमा मेला हुने आयोजक समितिका संयोजक एवं प्रष्ठिानका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो । हाम्रो राम्दी हाम्रो धाम, एकादशी मेला सबै राम्दी जाम भन्ने नारासहित यहाँ एकादशी मेला गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पाल्पा र स्याङ्जा जिल्लाको सिमानामा रहेको ऐतिहासिक राम्दी धामको प्रचारप्रसार गर्ने, यहाँका स्थानीय ऐतिहासिक स्थलको प्रचार गर्न तथा स्थानीय लोककला संस्कृतिको संरक्षण गर्न एक दिने मेला गर्न लागेको प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले जानकारी दिनुभयो । मेलाको अवसरमा बरिष्ठ लोकगायिका पाल्पा बगनासकालीमा जन्मनुभएका लक्ष्मी न्यौपानेलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ...
पाल्पाकाे सत्यवतीमा चिच्याएर ‘बर’ माग्ने मेला लाग्ने

पाल्पाकाे सत्यवतीमा चिच्याएर ‘बर’ माग्ने मेला लाग्ने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा – पाल्पाको सत्यवतीमा मेलाको तयारी तीव्र पारिएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि आगामी मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सत्यवती मेला हुने आयोजकले जनाएको छ । सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अनुसार यो वर्ष सत्यवतीमा बर माग्ने मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । समितिका अध्यक्ष दानबहादुर गाहाले नेपालमै विशिष्ट पहिचान बोकेको सत्यवतीमा बर माग्ने मेला पाँच दिन हुने जानकारी दिनुभयो । भक्तजनको माग र चाहना अनुसार यो वर्ष पाँच दिन बर माग्ने मेला लाग्ने उहाँले बताउनुभयो । परापूर्व कालमा सत्यवती बज्यै घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर बर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ । यही विस्वासका कारण यहाँ हरेक वर्ष कात्तिके र मङ्सिरको पूर्णिमामा मेला लाग्ने गरेको स्थान...
तिहारको चौँथो दिन : आज गोवर्द्धन, बली, गोरु र हली पूजा

तिहारको चौँथो दिन : आज गोवर्द्धन, बली, गोरु र हली पूजा

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा. देवमणि भट्टराई बताउछन् । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बली, हली एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिका...
भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा जुरेको जनाएको हो । टिका लगाउने उत्तम साइत १०:५१ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिका सदस्य सचीव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभएको छ । प्रेस विज्ञप्ति जारी आज अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिले विभिन्न देशको भाइटिकाको शुभ साइत सार्वजनिक गरेको हो ।...
भाइटीकाको शुभ साइत १०: ५१ बजे

भाइटीकाको शुभ साइत १०: ५१ बजे

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, मनोरन्जन, राष्ट्रिय खबर, समाचार
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ । ...
नेपालीको महान पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान पर्व बडादशैं सुरु, आज घटस्थापना

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ। नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प...
आज घटस्थापना, आजैदेखि बडादशैं सुरु

आज घटस्थापना, आजैदेखि बडादशैं सुरु

Breaking 2, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
तानसेन। आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबर...
२०८० सालको दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

२०८० सालको दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, समाचार
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ । तुलजा भव...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च