राजनीति

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ । हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।...
काँग्रेस महामन्त्री गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउने

काँग्रेस महामन्त्री गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीले मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको हो । बिहिवार बिपि स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला सम्मेलन मङ्सिर ८ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको पार्टी सचिव कृष्ण खनालले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने उनले बताए । बैठकले जाजरकोट र रुकुममा भुकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्दार लाई प्रभाककारि बनाउन सरकारसंग माग गरेको पार्टी प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।...
बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

Breaking 2, जानकारी, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ। प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।...
आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना गम्भीर घाइते भएको बताएका छन् । उनले घाइतेको सरकारले उपचार गर्न नपर्ने भन्दै सबै घाइतेको आफैले उपचार गर्ने बताए उनीहरुलाई केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।...
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

खेल, जानकारी, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।...
नेपाल सम्वतले सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिन्छ : प्रधानमन्त्री दाहाल

नेपाल सम्वतले सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिन्छ : प्रधानमन्त्री दाहाल

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, शिक्षा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेको छ । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति शंखधर शाख्वाको स्मरण गरेका हुन्। नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रूपमा रहेको बताए । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेका थिए । आफ्नो नेतृत्वको पहिलो गणतान्त्...
बुटवल उपमहानगरमा लफडा : मेयरले काममा दबाब दिएको भन्दै काठमाण्डौं हानिए हाकिम

बुटवल उपमहानगरमा लफडा : मेयरले काममा दबाब दिएको भन्दै काठमाण्डौं हानिए हाकिम

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय बीच विवाद उत्पन्न भएको छ । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु भुसालले बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । बुटवल उपमहानगरको कार्तिक २२ गते बुधबार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मँगलबार नै भुसाल काठमाण्डौं हानिएका छन् । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरु बीच विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार मँगलबार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरि आफ्ना कार्यकर्ताला...
रिब्दीकोट गाउँपालिका अध्यक्षकाे तलब भत्ता गाउँकै विकासमा खर्च

रिब्दीकोट गाउँपालिका अध्यक्षकाे तलब भत्ता गाउँकै विकासमा खर्च

जानकारी, ट्रेन्डिङ, राजनीति, शिक्षा, स्थानीय खबर
पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिकाका अध्यक्षले आफ्नाे पारिश्रमिक र सेवा सुविधा गाउँका विकासकाे लागि समुदायलाइ सहयोग गर्नु भएकाे छ । स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन्।तर पाल्पाको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफ्नो तलव भत्ता गाउँको बिकासमा प्रयोग गदै आउनु भएको छ । राज्यबाट पाउने तलबभत्ता लगायतका सुविधा जनताको सेवामा खर्चिएर उदारणीय कार्य गर्नुभएका रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आज रिब्दीकोट गाउँपालिका वडा न ७ बतासेदेखी डवका, फेक हुँदै रानिबगिया जोड्ने बाटो निर्माणका लागि संघीय सरकार, सडक डिभिजन कार्यालयबाट गत आ,वमा बिनियोजित बजेट पचास लाख बाट बाटो निर्माण गर्ने क्रममा प्राविधिक मुल्यांकन भन्दा साठी हजार बढीको निर्माण कार्य भएकोमा आज बतासे बजारका स्थानीय र पत्रकारको माझमा अध्यक्ष कार्की आफ्नो त...
नेपालीको महान पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान पर्व बडादशैं सुरु, आज घटस्थापना

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ। नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प...
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धधन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् । वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । गठबन्धन भत्काउने प्रयास कोशी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उनले भने, ‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च