
रैनादेबी छहरा गाउँपालिकाले अबदेखि राष्ट्रियगानबाट कार्यालयको काम सुरु गर्ने
तानसेन । रैनादेबी छहरा गाउँपालिकाले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडी राष्ट्रिय गान गाएर नियमित रूपमा कार्यालयको काम शुचारू गर्ने कार्यको शुभारम्भ गरेको छ । पालिकाले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गणमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो ।
प्रमुख प्रशासकृय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले “यस प्रकृयाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्र प्रतिको अपनत्वको भावको समेत बिकास भइ, लगनशिलतापूर्वक काम गर्ने हौसलाका साथै कर्मचारी समेत समयमै कार्यालयमा हाजिर हुने बानीको समेत बिकास हुन्छ”। उहाँले यस कार्यलाई निरन्तरता दिईने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुबैलाई समेत अनुशासित हुन टेवा पुग्ने बिश्वास रहेको समेत बताउनुभयो ।
गाउँपालिकाले पालिकाका विभिन्न स्थानबाट आएका सेवा ग्राहीहरूको काम छिटो छरितो रूपमा सम्पन्न गराउन तथा कार्यालयका...