समाचार

छत्रकोट गाउपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक,शिक्षा र स्वास्थ्य प्राथामिकतामा

छत्रकोट गाउपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक,शिक्षा र स्वास्थ्य प्राथामिकतामा

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय खबर
गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागी कुल ५५ करोड ३६ लाख ८७ हजार ५ सय २३ रुपैयाँको बजेट आज सार्वजनिक गरेको हो । गाउँसभाको १८ औ अधिवेसनमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले आगामी आर्थिक वर्षका लागी अनुमानित आय र व्ययको बिवरण प्रस्तुत गर्नुभएको हो । संघिय सरकारबाट प्राप्त हुने ४९ करोड, ६ लाख ९० हजार ९ सय ४६ रुपैंया, लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने २ करोड ७ लाख ५९ हजार ८ सय १० रुपैंया र आन्तरिक आम्दानी ७० लाख र चालु आर्थिक वर्षको बचत हुने अनुमानित रकम २ करोड १३ लाख ७ हजार २ सय १७ गरि ५५ करोड बढिको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले आज सार्वजनिक गरेको बजेटमा सबैभन्दा धेरै पुर्वाधारमा छुट्याएको छ । पुर्वाधार तर्फ ६ करोड ७८ लाख ५५ हजार बिनियोजन गरेको छत्रकोटले शिक्षामा १ करोड...
कौडेलेकमा स्थानीयबासीकाे सहयाेगमा दृश्व अवलोकन पूर्वाधार निर्माण

कौडेलेकमा स्थानीयबासीकाे सहयाेगमा दृश्व अवलोकन पूर्वाधार निर्माण

Breaking 1, ट्रेन्डिङ, समाचार, स्वास्थ्य
पाल्पा – पाल्पाको माथागढी गाउँपालिका–३ स्थित कौडेलेकमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न दृश्व अवलोकन पूर्वाधार (भ्यु टावर) निर्माण गरिएको छ । स्थानीय बासिन्दा, भारतीय भूपूसैनिक, ब्रिटिस तथा अन्य देशमा कार्यरत ओलेसका बासिन्दाले कौडेलेकमा दृश्य अवलोकन स्थलको निर्माण गरेका हुन् । दृश्व अवलोकन पूर्वाधार भ्यु टावरको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले ओलेस गाउँ र कौडेलेकलाई भौतिक विकास मात्र नभई स्थानीयकाे आर्थिक र सामाजिक विकाससँग जाेडेर जानुपर्नेमा जाेड दिनुभयाे । उहाँले होमस्टे सहितको पर्यटकीय क्षेत्रका रुपमा कौडेलेक र ओलेसलाई विकास गर्न सकिने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय बासिन्दा सक्रिय भएर भ्यु टावर निर्माण गर्नु आफैमा अत्यन्तै सह्रानीय कार्य रहेको प्रदेशसभा सदस्य सारूकाे भनाइ छ । यस्तै माथागढी गाउँपालिका अध्य...
पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव, आज कहाँ कहाँ पर्छ पानी ?

पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव, आज कहाँ कहाँ पर्छ पानी ?

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, शिक्षा, समाचार
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई तथा बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राती कोश...
पाल्पामा स्कारपियो दुर्घटना ३ जनाको मृत्यु, २ घाइते

पाल्पामा स्कारपियो दुर्घटना ३ जनाको मृत्यु, २ घाइते

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्कारपियो दुर्घटनामा परी बुधबार साँझ ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन् । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो सडकदेखि करिब सय मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएक...
एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्याउनु पर्छ : अध्यक्ष ओली

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्याउनु पर्छ : अध्यक्ष ओली

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको काठमाडौं जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउनु पर्ने बताए । अध्यक्ष ओलीले काठमाडौंको पार्टी सङ्गठन विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे । “यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’’ एमालेका वरिष्ठ ...

डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

Breaking 1, जानकारी, ट्रेन्डिङ, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, 'अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।' छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए । उनले भने, 'हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी क...
पश्चिम नेपाल बस ब्यबसायी प्रालिमा निर्वाचित प्रतिनिधिहरुको जिम्मेवारी बाँडफाट

पश्चिम नेपाल बस ब्यबसायी प्रालिमा निर्वाचित प्रतिनिधिहरुको जिम्मेवारी बाँडफाट

ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार
बुटवल । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको दोश्रो अधिवेशनबाट निर्वाचित संचालक समितिहरुको जिम्मेवारी बाडफाँट गरिएको छ । निर्वाचित सञ्चालक समितिहरुको शुक्रबार सम्पन्न सपथग्रहणसँगै बसेको बैठकले अध्यक्षमा दधिराम खरेललाई चयन गरेको छ । यसैगरि बैठकले प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पि.एस.लाई सर्वसम्मत चयन गरिएको अध्यक्ष खरेलले बताए । समितिको दुर्घटना न्यूनिकरण तथा सवारी व्यवस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, व्यवसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी विभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको अध्यक्ष खरेलले बताए । अधिवेशनबाट तत्कालिन अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल बिजयी भएको थियो । प्रालिको बिधान अनुसार कुल १३ सदस्यीय संचालक समितिमा २ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । प्रालिका नवनिर्वाचित स...
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । जसपा नेपाल संसदीय दलका नेता यादव १७ महिना अगाडी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सत्ता गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका थिए । तर पाँचौं पटकमा विश्वासको मत गुमाएसंगै साढे ६ वर्षपछि मधेशको सत्ता जसपा नेपालले गुमाएको छ । अब प्रदेशमा सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एसले सरकारको दावी गर्नेछन् । सरकारको नेतृत्व जनमतलाई दिने सहमती भइसकेको छ । जनमतबाट दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने छन् ।...
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बोलाइएको छ । आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यस प्रस्तावलाई आज अनुमोदनको लागि पेस गरिने कार्यसूची समेत रहेको छ । त्यस्तै आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ माथि छलफलका लागि प्रस्ताव पेस गर्दै छिन भने उनले यस प्रस्तावलाई पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।...
तानसेन नगरपालिकाकाको ढल व्यवस्थापनमा  अभियान

तानसेन नगरपालिकाकाको ढल व्यवस्थापनमा अभियान

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
पाल्पा, तानसेन नगरपालिकाले ढक व्यवस्थापन गर्ने अभियान चलाएकाे छ । जसअन्तर्गत तानसेन नगरपालिका ४ होलाङदीको ढल व्यवस्थापन गरिएकाे छ । ढल व्यवस्थित भएपछि यसक्षेत्रकाे दुर्गन्ध हटेको छ । खुला ढललाई नाली निर्माण गरी व्यवस्थित गरेपछि ढलबाट फैलिरहेको दुर्गन्ध हटेको हो । पाल्पा बुटवल सडक खण्डको होलाङ्दीमा रहेको खुला ढलबाट स्थानीय बासीन्दा, सवारी चालक र पैदलयात्रीलाई समस्या भएकाले व्यवस्थित गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले भने ‘ढल खुला हुँदा गुल्मीदेखि तानसेन हुँदै बुटवल र तानसेनदेखि बुटवल यात्रा गर्ने यात्रुहरूलाई दुर्गन्धका कारण समस्या भएको थियो ।’ तानसेन नगरपालिकाका प्रमुख श्रेष्ठका अनुसार नगर सरकारले अब उक्त ढललाई नाली निर्माण गरी व्यवस्थित गरेको ठाउँमा सवारीसाधन पार्किङ्ग स्थल बनाउने ठुला सवारीसाधन पार्कीङ गर्ने, खाली ठाउँ रहेको र नग...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च