स्वास्थ्य

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।...
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेकाे छ भने आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
कालीगण्डकीमा रिब्दीकोटका एक पुरुष मृत फेला

कालीगण्डकीमा रिब्दीकोटका एक पुरुष मृत फेला

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर, स्वास्थ्य
तानसेन।पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका–१४, दुमैस्थित कालीगण्डकी नदी किनारमा रिब्दीकोट गाउँपालिका–३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मङ्सिर ५ गते घरबाट बिना जानकारी बेपत्ता भएका खत्रीको खोजतलास गर्ने क्रममा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाएर थप अनुसन्धान जारी रहेको छ।...
भूकम्प पीडितलाई  रैनादेवी छहराको सहयोग

भूकम्प पीडितलाई रैनादेवी छहराको सहयोग

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
पाल्पाको रैनादेवी छहराले जाजरकोट र रुकुम पुर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकामा बसेको बैठकले भुकम्प प्रभावितका लागि ३ लाख रुपैया बराबरको आर्थिक सहयोग गर्ने भएको छ । रैनादेवी छहराका जनप्रतिनिधिहरु भूकम्प प्रभावित क्षेत्रमा , राहत, उपचार, पुनस्र्थापना पुनःनिर्माण लगायतका कार्यमा सहयोग गर्न उक्त रकम दिने निर्णय भएको छ ।गाउँपालिका अध्यक्ष रुक्मागंत र उपाध्यक्ष युवराज थापाले ५ दिनको तलब वडा अध्यक्षहरुले २ दिनको तलब र अन्य वडा सदस्यहरुले १ बराबरको तलब बाट सहयोग गर्ने निणर्य भएको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले भुकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गर्न समेत अपील गरेको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनु भयो । संकल भएको राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उ...
रैनादेवी छहराको सत्यवती माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु

रैनादेवी छहराको सत्यवती माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
तानसेन । रैनादेवी छहरा गाउँपालिकाले वाड नम्बर ८ सत्यवतीमा मा रहेको सत्यवती माध्यमिक विद्यालयमा आज देखी नर्स कार्यक्रमको शुभारम्भ गरेको छ । विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनु भयो । “विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ”, प्रमुख जीवन रानाले भन्नुभयो । नर्स कार्यक्रमको शुभारम्भ गदै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले गाउँपालिकाले महत्वका साथमा शुरुआत गरेको एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालयका सम्पू...
देशभर चिसो बढ्यो, लुम्बिनीका पहाडी जिल्लासहित केही स्थानमा हल्का बदलीको सम्भावना

देशभर चिसो बढ्यो, लुम्बिनीका पहाडी जिल्लासहित केही स्थानमा हल्का बदलीको सम्भावना

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।...
भारतबाट ल्याइएको अवैध मासु प्रयोग नगर्न तिलोत्तमाको आग्रह, विकि वितरण गर्नेलाई प्रकाउ गर्न अनुरोध

भारतबाट ल्याइएको अवैध मासु प्रयोग नगर्न तिलोत्तमाको आग्रह, विकि वितरण गर्नेलाई प्रकाउ गर्न अनुरोध

अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
बुटवल । तिलोत्तमा नगरपालिकाले भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई नगरपालिका क्षेत्रभित्र विक्रि वितरण गर्नेलाई कार्वाही गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मगलबार एक विज्ञप्ति जारी गरि नगरपालिका क्षेत्रभित्र छिमेकी मुलुक भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई यस नगरपालिका क्षेत्रभित्र विक्रिवितरण समेत भएको जानकारी प्राप्त हुन आएकोले यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । साथै नगरप्रमुख खाणले यस्तो मासुको प्रयोग नगर्नु नगराउनु आग्रह गर्दै त्यस्तो मासुको ओसार पसार गर्नेलाई देख्ने जोकोहिले पक्राउ गरि सम्वन्धित वडा कार्यालय, नगरपालिका कार्यालय तथा सम्वन्धित निकायमा बुझाओउन सम्पूर्ण नगरवासीहरुमा आग्रह गरेका छन् ।...
फेरि जाजरकोटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

फेरि जाजरकोटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्वास्थ्य
जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि जाजरकोट लगातार भूकम्प गइरहेको छ ।...
होङ्सी सिमेन्टको चुनढुङ्गा बोकेर आउँदै गरेको टिप्परले किचेर पाल्पामा एक युवतीको मृत्यु

होङ्सी सिमेन्टको चुनढुङ्गा बोकेर आउँदै गरेको टिप्परले किचेर पाल्पामा एक युवतीको मृत्यु

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय खबर, स्वास्थ्य
पाल्पा । चुनढुङ्गा बोकी होङ्सी सिमेन्टको उद्योगतर्फ आउँदै गरको टिप्परले किचेर एक युवतीको मृत्यु भएको छ । पाल्पाको निस्दि गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि सडक खण्डमा बुधबार विहान भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपुरमा रहेको होङ्सी सिमेन्टतर्फ आउँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परले किचेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी पुर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको ज्यान गएको हो । सोही टिप्परमा सवार उनी ब्रेक फेलभएपछि ज्यान बचाउन हाम फाल्नेक्रममा टायरले किचेर ज्यान गएको थियो । यसैगरी टिप्परमा सवार निस्दि गाउँपालिका–७ की २५ वर्षीया हिमाली आले ज्यान बचाउन हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । चालक मनोहरी गाउँपालिका–९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौंडा–९ का २४ व...
पाल्पामा डुबेर एक युवककाे मृत्यु, एक घाइते

पाल्पामा डुबेर एक युवककाे मृत्यु, एक घाइते

Breaking 1, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर, स्वास्थ्य
तानसेन – पाल्पामा एक जना युवाको डुबेर मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, स्थित भुतखोलामा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको हो । यस्तै सोही स्थानका २६ वर्षीया युना दाहाल गम्भीर घाइते हुनुभएको छ । मङ्गलबार बिहान साढे १० बजेतिर रुपन्देहीबाट पाल्पातर्फ घुम्न आउनुभएका दुबैजनालाई भुतखोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले उद्दार गरेका थिए । उद्दारपछि दुबैजनालाई उपचारको लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा पठाइएको थियो । अस्पताल पु¥याएपछि आचार्यलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च