Breaking 1

पन्जेबाजा गीत पारिजात को बोट लाइ दर्सक श्रोता को माया

पन्जेबाजा गीत पारिजात को बोट लाइ दर्सक श्रोता को माया

Breaking 1, ट्रेन्डिङ, मनोरन्जन, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
तानसेन । लामोसमय देखि सिंगापुरलाइ कर्मथलो बनाउँदै आउनु भएका मेधावी गितकार संगितकार निर्माता तथा लोक श्रजक खिमानन्द खरेल ले भर्खरै पारीजातको बोट पन्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ। यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक हुने समय पनि हो, ब्यबसायिक कलाकार हरुकै तौर तरिका बाट खरेलले अहिले सम्मकै उत्कृष्ट पारीजात को बोट नयाँ गीत बजारमा ल्याउनुभएको छ। पहिले जस्तै याे शृजना ले पनि राम्रै माया पाउने बिष्लेषकहरु बताउछन् । बालोकाल देखि नै लोकसंगीत को क्षेत्रमा मोहित खिमानन्द का हरेक शृजना हरुले गाउँघर कै झल्को दिने गरेको पाइन्छ। अभागी आमा आफ्नै घरको कथाबाट शुभारम्भ भएर बिभिन्न बियोगान्त भाकाहरू उनको युटुबमा राखिएका छन्, धेरै दर्शक श्रोता ले रुचाएका शृजना मेचिमाहाकली ,करङ खोलीमा , प्यारो मुसिकोट , मगर मेला, लगाएतका विविध भौगोलिक विशेषताहरू बिछोड का भाव बोकेका गीत हेर्न सुन्न सकिन्छ । य...
दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ । हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।...
कालीगण्डकीमा रिब्दीकोटका एक पुरुष मृत फेला

कालीगण्डकीमा रिब्दीकोटका एक पुरुष मृत फेला

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर, स्वास्थ्य
तानसेन।पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका–१४, दुमैस्थित कालीगण्डकी नदी किनारमा रिब्दीकोट गाउँपालिका–३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मङ्सिर ५ गते घरबाट बिना जानकारी बेपत्ता भएका खत्रीको खोजतलास गर्ने क्रममा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाएर थप अनुसन्धान जारी रहेको छ।...
काँग्रेस महामन्त्री गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउने

काँग्रेस महामन्त्री गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीले मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको हो । बिहिवार बिपि स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला सम्मेलन मङ्सिर ८ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको पार्टी सचिव कृष्ण खनालले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने उनले बताए । बैठकले जाजरकोट र रुकुममा भुकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्दार लाई प्रभाककारि बनाउन सरकारसंग माग गरेको पार्टी प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।...
रैनादेवी छहराको सत्यवती माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु

रैनादेवी छहराको सत्यवती माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
तानसेन । रैनादेवी छहरा गाउँपालिकाले वाड नम्बर ८ सत्यवतीमा मा रहेको सत्यवती माध्यमिक विद्यालयमा आज देखी नर्स कार्यक्रमको शुभारम्भ गरेको छ । विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनु भयो । “विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ”, प्रमुख जीवन रानाले भन्नुभयो । नर्स कार्यक्रमको शुभारम्भ गदै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले गाउँपालिकाले महत्वका साथमा शुरुआत गरेको एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालयका सम्पू...
सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न रिब्दीकोटको मैनादीमा १ दिने  सुन्तला महोत्सव हुदै

सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न रिब्दीकोटको मैनादीमा १ दिने सुन्तला महोत्सव हुदै

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर
तानसेन । रिब्दीकोट गाउँपालिका वडा नम्बर – ७ स्थित पालुङ मैनादी मा पहिलो पटक मैनादी सुन्तला महोत्सव सुरु हुनेभएको छ । यो जिल्लामै पहिलो सुन्तला महोत्सव हुने लागेको हो । ७ नं. वडा कार्यालयको आयोजना, मैनादी कृषि सहकारीको व्यवस्थापन र रिब्दीकोट गाउँपालिकाको संरक्षकत्वमा प्रभात माध्यमिक विद्यालयको प्राङ्गणमा यही मंसिर १६ गते हुने १ दिने सुन्तला महोत्सव हुने भएको छ । महोत्सवका लागी करिब १२ देखि १५ वटा स्टल सहभागी हुने आयोजकले अपेक्षा लिएका छन । उक्त महोत्सवको सहआयोजकका रुपमा सुन्तला तथा फलफुल विकास केन्द्र तानसेन, कृर्षि ज्ञान केन्द्र तानसेन, प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना जोन तानसेन र हेफर प्रोजेक्ट नेपाल रहेका छन । मैनादीमा करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका छन । महोत्सव सञ्चालनका लागी स्थानीय सरकारका र...
पाल्पाकाे सत्यवतीमा चिच्याएर ‘बर’ माग्ने मेला लाग्ने

पाल्पाकाे सत्यवतीमा चिच्याएर ‘बर’ माग्ने मेला लाग्ने

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा – पाल्पाको सत्यवतीमा मेलाको तयारी तीव्र पारिएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि आगामी मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सत्यवती मेला हुने आयोजकले जनाएको छ । सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अनुसार यो वर्ष सत्यवतीमा बर माग्ने मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । समितिका अध्यक्ष दानबहादुर गाहाले नेपालमै विशिष्ट पहिचान बोकेको सत्यवतीमा बर माग्ने मेला पाँच दिन हुने जानकारी दिनुभयो । भक्तजनको माग र चाहना अनुसार यो वर्ष पाँच दिन बर माग्ने मेला लाग्ने उहाँले बताउनुभयो । परापूर्व कालमा सत्यवती बज्यै घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर बर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ । यही विस्वासका कारण यहाँ हरेक वर्ष कात्तिके र मङ्सिरको पूर्णिमामा मेला लाग्ने गरेको स्थान...
तिहारको चौँथो दिन : आज गोवर्द्धन, बली, गोरु र हली पूजा

तिहारको चौँथो दिन : आज गोवर्द्धन, बली, गोरु र हली पूजा

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा. देवमणि भट्टराई बताउछन् । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बली, हली एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिका...
होङ्सी सिमेन्टको चुनढुङ्गा बोकेर आउँदै गरेको टिप्परले किचेर पाल्पामा एक युवतीको मृत्यु

होङ्सी सिमेन्टको चुनढुङ्गा बोकेर आउँदै गरेको टिप्परले किचेर पाल्पामा एक युवतीको मृत्यु

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय खबर, स्वास्थ्य
पाल्पा । चुनढुङ्गा बोकी होङ्सी सिमेन्टको उद्योगतर्फ आउँदै गरको टिप्परले किचेर एक युवतीको मृत्यु भएको छ । पाल्पाको निस्दि गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि सडक खण्डमा बुधबार विहान भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपुरमा रहेको होङ्सी सिमेन्टतर्फ आउँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परले किचेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी पुर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको ज्यान गएको हो । सोही टिप्परमा सवार उनी ब्रेक फेलभएपछि ज्यान बचाउन हाम फाल्नेक्रममा टायरले किचेर ज्यान गएको थियो । यसैगरी टिप्परमा सवार निस्दि गाउँपालिका–७ की २५ वर्षीया हिमाली आले ज्यान बचाउन हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । चालक मनोहरी गाउँपालिका–९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौंडा–९ का २४ व...
पाल्पामा डुबेर एक युवककाे मृत्यु, एक घाइते

पाल्पामा डुबेर एक युवककाे मृत्यु, एक घाइते

Breaking 1, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर, स्वास्थ्य
तानसेन – पाल्पामा एक जना युवाको डुबेर मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, स्थित भुतखोलामा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको हो । यस्तै सोही स्थानका २६ वर्षीया युना दाहाल गम्भीर घाइते हुनुभएको छ । मङ्गलबार बिहान साढे १० बजेतिर रुपन्देहीबाट पाल्पातर्फ घुम्न आउनुभएका दुबैजनालाई भुतखोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले उद्दार गरेका थिए । उद्दारपछि दुबैजनालाई उपचारको लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा पठाइएको थियो । अस्पताल पु¥याएपछि आचार्यलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च