Breaking 2

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

सुपादेउराली मन्दिरको भेटीबाट भूकम्प पीडितलाई सहयोग

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।...
चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ । मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ । धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्...
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेकाे छ भने आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

Breaking 2, जानकारी, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ। प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।...
भूकम्प पीडितलाई  रैनादेवी छहराको सहयोग

भूकम्प पीडितलाई रैनादेवी छहराको सहयोग

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
पाल्पाको रैनादेवी छहराले जाजरकोट र रुकुम पुर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकामा बसेको बैठकले भुकम्प प्रभावितका लागि ३ लाख रुपैया बराबरको आर्थिक सहयोग गर्ने भएको छ । रैनादेवी छहराका जनप्रतिनिधिहरु भूकम्प प्रभावित क्षेत्रमा , राहत, उपचार, पुनस्र्थापना पुनःनिर्माण लगायतका कार्यमा सहयोग गर्न उक्त रकम दिने निर्णय भएको छ ।गाउँपालिका अध्यक्ष रुक्मागंत र उपाध्यक्ष युवराज थापाले ५ दिनको तलब वडा अध्यक्षहरुले २ दिनको तलब र अन्य वडा सदस्यहरुले १ बराबरको तलब बाट सहयोग गर्ने निणर्य भएको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले भुकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गर्न समेत अपील गरेको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनु भयो । संकल भएको राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उ...
रैनादेबी छहरा गाउँपालिकाले अबदेखि राष्ट्रियगानबाट कार्यालयको काम सुरु गर्ने

रैनादेबी छहरा गाउँपालिकाले अबदेखि राष्ट्रियगानबाट कार्यालयको काम सुरु गर्ने

Breaking 2, जानकारी, ट्रेन्डिङ, शिक्षा, स्थानीय खबर
तानसेन । रैनादेबी छहरा गाउँपालिकाले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडी राष्ट्रिय गान गाएर नियमित रूपमा कार्यालयको काम शुचारू गर्ने कार्यको शुभारम्भ गरेको छ । पालिकाले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गणमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो । प्रमुख प्रशासकृय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले “यस प्रकृयाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्र प्रतिको अपनत्वको भावको समेत बिकास भइ, लगनशिलतापूर्वक काम गर्ने हौसलाका साथै कर्मचारी समेत समयमै कार्यालयमा हाजिर हुने बानीको समेत बिकास हुन्छ”। उहाँले यस कार्यलाई निरन्तरता दिईने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुबैलाई समेत अनुशासित हुन टेवा पुग्ने बिश्वास रहेको समेत बताउनुभयो । गाउँपालिकाले पालिकाका विभिन्न स्थानबाट आएका सेवा ग्राहीहरूको काम छिटो छरितो रूपमा सम्पन्न गराउन तथा कार्यालयका...
राम्दी धाममा एकादशी मेला हुने

राम्दी धाममा एकादशी मेला हुने

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर
तानसेन – जिल्लाको राम्दीमा एकादशी मेला हुने भएको छ । जिल्लास्थित लोकदोहोरी प्रतिष्ठान नेपाल पाल्पाको सक्रियतामा राम्दीमा एकादशी मेला तथा कलाकार सम्मान कार्यक्रम हुने भएको हो । आगामी मंसिर ७ गते राम्दीमा मेला हुने आयोजक समितिका संयोजक एवं प्रष्ठिानका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो । हाम्रो राम्दी हाम्रो धाम, एकादशी मेला सबै राम्दी जाम भन्ने नारासहित यहाँ एकादशी मेला गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पाल्पा र स्याङ्जा जिल्लाको सिमानामा रहेको ऐतिहासिक राम्दी धामको प्रचारप्रसार गर्ने, यहाँका स्थानीय ऐतिहासिक स्थलको प्रचार गर्न तथा स्थानीय लोककला संस्कृतिको संरक्षण गर्न एक दिने मेला गर्न लागेको प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले जानकारी दिनुभयो । मेलाको अवसरमा बरिष्ठ लोकगायिका पाल्पा बगनासकालीमा जन्मनुभएका लक्ष्मी न्यौपानेलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ...
नेपाल सम्वतले सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिन्छ : प्रधानमन्त्री दाहाल

नेपाल सम्वतले सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिन्छ : प्रधानमन्त्री दाहाल

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, शिक्षा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेको छ । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति शंखधर शाख्वाको स्मरण गरेका हुन्। नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रूपमा रहेको बताए । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेका थिए । आफ्नो नेतृत्वको पहिलो गणतान्त्...
फेरि जाजरकोटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

फेरि जाजरकोटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्वास्थ्य
जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि जाजरकोट लगातार भूकम्प गइरहेको छ ।...
बुटवल उपमहानगरमा लफडा : मेयरले काममा दबाब दिएको भन्दै काठमाण्डौं हानिए हाकिम

बुटवल उपमहानगरमा लफडा : मेयरले काममा दबाब दिएको भन्दै काठमाण्डौं हानिए हाकिम

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय बीच विवाद उत्पन्न भएको छ । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु भुसालले बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । बुटवल उपमहानगरको कार्तिक २२ गते बुधबार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मँगलबार नै भुसाल काठमाण्डौं हानिएका छन् । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरु बीच विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार मँगलबार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरि आफ्ना कार्यकर्ताला...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च