पाणिनिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि

अर्घाखाँची । पाणिनि गाउँपालिकामा आजदेखि अन्तर विद्यालय स्तरिय  पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सुरूवात भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा पाणिनि गाउँपालिकाकाको आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा १६ सामुदायिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, कबडी ,कराँते, एथलेटिक्सतर्फ हाइजम्प, लङ्जम्प, दौड लगायतका खेल समावेस हुने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खनालले बताउनु भयो ।
राष्टपति रनिङशिल्ड प्रतियोगितामा ,१००,२००,४००,८००,१५०० मिटर , लङजम्प ,त्रिपलजम्प,हाईजम्प,सटफुट थ्रो,ज्याभलिङ ,१००×४रिले ,४×४०० रिले खेलाइने प्रमुख खनालले बताउनु भयो ।

आज भएको छात्र,छात्रा भलिवल प्रतियोगितामा छात्रा तर्फ प्रथम स्थान हरिहर संस्कृत तथा साधारण मावि,द्धितिय र्फसुवा माध्यामिक विद्यालय खिदिम ,तितिय स्थान हासिल गर्न सफल देवि प्रभाव माध्यामिक विद्यालय पटैटी रहेका छन भने छात्र तर्फ तितिय हुन सफल द्यौराली माध्यमिक विद्यालय रहेको छ ।

भोली हुने फाईनल खेल शिवमदन माध्यामिक विद्यालय अड्गुरी र सिद माध्यामिक प्रोखराथोक विच हुने गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो । खेल भोली सम्म सन्चालन हुने खेल दुर्गाफाटमा रहेको वरका रुख खेल मैदानमा सन्चालन भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च