नेपालले आज स्कटल्याण्डसँग खेल्दै : यस्तो अवस्थामा मात्रै नेपाल ग्लोबल छनोटमा जान सक्छ

पाल्पा। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरत आज स्कटल्याण्डसँग खेल्दै छ । नामिविया र स्कटल्याण्ड बीचको त्रिदेशीय शृङ्खला अन्तरगत नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्ने भएको हो । लगातार ३ जित निकाल्न सफल भएको नेपालले आज पनि जित निकाल्ने दाउमा छ ।
शृङ्खला अन्तरगत यसअघि नेपालले नामिवियालाई दुई वटै खेलमा पराजित गरेको छ भने स्कटल्याण्डमा पनि पराजित गरेको छ । आजको खेलमा पनि स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नेपाल रहेको छ । खेल त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुँदै छ । अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यस्तो अवस्थामा नेपाल विश्वककप ग्लोबल छनोटमा पर्न सक्छ

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत बाँकी रहेका ९ वटै खेल नेपालले जितेमा शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्न पाउने समीकरण बनेको छ । नामिबियाले जारी शृंखलामा सबै चार वटा खेल हारेपछि लिग २ को शीर्ष ३ मा पर्ने तेस्रो टोली बन्न सक्ने अवसर नेपालले पनि पाएको हो । विजेता स्कटल्याण्ड र अहिले दोश्रो स्थानमा रहेको ओमान शीर्ष ३ मा रहने निश्चित भइसकेको छ । नामिबिया, यूएई र नेपाल मध्ये एउटा टिम तेस्रो हुने छ ।

शृंखलामा दुई खेल खेल्न बाँकी रहेको नामिबिया ३७ अंकसहित तेस्रो स्थानमा छ । १० खेल खेल्न बाँकी यूएईको २७ अंक छ । ९ खेल बाँकी रहेको नेपाल यूएईभन्दा ३ अंकले पछि छ । नेपालले यूएईसँगै ४ खेल खेल्न बाँकी छ । शीर्ष ३ मा पुग्नका लागि यूएई र नेपाललाई यी ४ खेलको नतिजा निर्णायक रहने छ ।

नेपालले आजको खेलबाहेक पपुवा न्युगिनीसँग ४ खेल खेल्ने छ । जसमध्येका २ खेल यूएईमा र २ खेल नेपालमा हुने छन् । युएईले पनि पपुव न्युगिनीसँग २ खेल घरेलु मैदानमा र २ खेल नेपालमा खेल्ने छ । काठमाडौंमा चारै खेल हारेको नामिबियाले भने युएईमा अब २ खेल खेल्ने छ । सबै ३६ खेल खेलेको अमेरिका ३५ अंकसहित तालिकाको चौथो स्थानमा छ । पुछारमा रहेका पपुवा न्युगिनीको भने मात्र ५ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च