किरण रायमाझी
रिब्दिकोट गाउपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर कार्यक्रम रिब्दिकोट वार्ड न ६ पौरखनी स्मार्ट भवन पोरकनिमा सम्पन्न भएको छ।योजना सम्झौता अन्तरगत ६ वटा,घटना दर्ता २ जन्म दर्ता र १ बिबाह दर्ता ,अन्य सिफारिस १८ ,बेरोजगारी सुचिकृत ६८ जनाले गराएका थिए भने नागरिकता सिफारिस ३ जनाको रहेको थियो ।
पशु सेवा अन्तर्गत ३५ वटा गाई भैसिको गोबर परिक्षण गर्नुका साथै गाई भैंसी ,बाख्रा ,बङ्गुर,गरि ४६५ वटालाइ औसधि बितरण गरिएको थियो। तेस्तै राजस्व संकलन तर्फ ९ जना सम्पती कर र ४ नगदी रसिद गरि १३ जना स्थानीय बासिन्दा लाभग्राही रहेका थिए । कृषि सेवा अन्तर्गत माटो परिक्षण,१० वटा माटोको नमुना , साथै बाख्रा र कुखुरा प्रबर्द्धन कार्यक्रम , र मोडेल फर्म स्थापना १० वटा प्रस्ताव पेस संगै ४० जना कृषकले कृषि परामर्श सेवा लिएको रिब्दिकोट गाउपालिका कृषि शाखा संयोजक रन्जिव कुंवरले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की र प्रमुख प्रसासकिय अधिकृत पवन अर्याल वार्ड न ६ का अध्यक्ष प्रकाश रायमाझी ,भरत बहादुर जिसि, मनु गैरे,कृषि साखा संयोजक रन्जिब कुवर ,शिव पोखरेल,कासी नाथ आचार्य ,उमा खनाल,दुर्गा पछाइ, वार्ड सचीव बिस्नु थापा ,खिमा खडका लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो।