शर्मिला वाइवाले गरीन विस सेवन ,अस्पतालमा भर्ना

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।
उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।

राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् ।

उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च