आठ दलीय गठबन्धनको सातै प्रदेशमा आज अभिमुखीकरण कार्यक्रम


काठमाडौं ।
राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ।

हिजो काठमाडौंमा संघीय संसद सदस्यका लागि अभिमुखीकरण गरेको गठबन्धनले आज प्रदेशसभा सदस्य लक्षित कार्यक्रम गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। अभिमुखीकरणका लागि गठबन्धनका नेताहरु प्रदेश राजधानी पुगेका छन्। सबैजसो प्रदेशमा हुने कार्यक्रमको संयोजन कांग्रेस पदाधिकारीले गर्ने तयारी छ।

नेपाली कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सह–महामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सह–महामन्त्री बद्री पाण्डेलाई खटाएको छ।

यही फागुन २५ गते हुने निर्वाचनमा दुई पूर्वसभामुखहरु कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च