तानसेन। पाल्पामा पौडी खेल्दा डुबेर एक किशोर मृत्यु भएको छ। पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७, बल्ढेङगढीस्थित कन्चनखोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।
सो पालिकाको वडा ७ र ८ को सिमाना भएर बग्ने कन्चनखोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा १७ वर्षीय भीमबहादुर रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रैनादेवी छहरा ७, बल्ढेङगढी जोगदमार बस्ने साथीहरूसँग पौडी खेल्न गएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।