बल्कोट अर्घाखाँची रुपन्देही सम्पर्क समाजको नयाँ नेतृत्व अध्यक्षमा मोहन भट्टराई

तानसेन। बल्कोट अर्घाखाँची रुपन्देही सम्पर्क समाजको अध्यक्षमा मोहन भट्टराई चयन भएका छन् । शनिबार सम्पर्क समाजको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले भट्टराई अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेल , प्रथम उपाध्यक्षमा रुपलाप पन्थी ,दितीय उपाध्यक्ष रमेश पाण्डे सचिव ध्रुब सापकोटा, सहसचिव सन्तोष पन्थि, कोशाध्यक्ष हरि न्यौपाने सदस्यहरुमा जनक पाण्डे, भुवन पाण्डे गंगाराम भुसाल, तुल्सीराम बेलवासे ,यज्ञ प्रसाद सापकोटा, मञ्जु पौडेल, रुपा पाण्डे भट्टराई चयन भएका छ्न ।

कार्यक्रमले निवर्तमान अध्यक्ष दिपक पन्थिलाई प्रमुख संरक्षकको भुमिकामा चयन गरेको छ । अधिवेशनले सस्थाका गविविधिलाई प्रभावकारी तथा सामाजिक क्षेत्रमा थप सामाजिक उत्तरदायित्व वहन गर्दै अगाडी बढ्ने आगामी कार्ययोजना रहेको नवनिर्वाचित अध्यक्ष मोहन भट्टराईले बताए । निवर्तमान अध्यक्ष दिपक पन्थिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाल खानेपानी सस्थानका केन्द्रिय अध्यक्ष गुनाखर भुसाल रहेका थिए भने स्वागत मनतव्य यमलाल भुसालले राखेका थिए । कार्यक्रममा समाजसेवी नवराज श्रेष्ठ , बावुराम पौडेल लगायतले सस्थाको विविध गतिविधिका बारेमा आफ्नो धारणा राख्नु भएको कार्यक्रमको सञ्चालन रुपलाल पन्थीले गरेका थिए।

साविकको बल्कोट गाविसमा स्थायी ठेगाना भई रुपन्देहीमा विभिन्न पेसा, व्यवसाय गरिरहेका व्यक्तिहरुको साझा हित तथा समस्याहरुलाई सामुहिक तवरबाट समाधान गर्ने उद्देश्यले वि.स. २०७२ बल्कोट अर्घाखाँची रुपन्देही सम्पर्क समाजको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च