नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीको अध्यक्षमा कुशल भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीको ३१ औँ साधारण सभा तथा अधिवेशनबाट भुसालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिती चयन भएको हो ।
जसको उपसभापतिमा चन्द्रप्रसाद बन्जाडे, उपसभापति महिलामा प्रभा पाण्डे, मन्त्रीमा तुल्सिराम पौडेल, कोषाध्यक्ष हरिबहादुर केसी, उपमन्त्रीमा नवराज रायमाझी, उपकोषाध्यक्षमा मनिराम अधिकारी चयन भएका छन् ।
जसको सदस्यहरुमा छमा कार्की, शारदा खनाल, बसन्ता जिसी, अम्बिका बेल्वासे श्रेष्ठ, शम्भुप्रसाद पोख्रेल, बाबुराम खड्का, विष्णुप्रसाद पराजुली, रुद्रलाल चुदाली, सालिकराम बेल्वासे, रुद्रप्रसाद पराजुली सर्वसम्मत निर्वाचित भएका हुन ।
साधारण सभा तथा अधिवेशनको पुर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गरेका हुन ।