सुदुरपश्चिमका मुख्यमन्त्रीले पाए दुई तीहाई बढी विश्वासको मत

काठमाण्डौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए। ५२ सदस्यीय प्रदेश सभामा शाहले ४१ मत पाए।

५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा ९एकीकृत समाजवादी० ४ जना र राप्रपा र स्वतन्त्र १–१ सांसद छन्। शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्। प्रदेश सभामा एमालेका १० सांसद छन्। शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन्।

यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसक्दा उनको सरकार एक महिनामै ढलेको थियो। रावलको सरकार ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च