रेडक्रसको सभापतिमा कार्की निर्वाचित

पाल्पा/ नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको नयाँ कार्यसमितिमा बाबुराम कार्की निर्वाचित भएका छन् ।

शुक्रबार भएको ४५ औ वार्षिक साधारण सभा तथा निर्वाचन अधिवेशनले कार्कीको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुईटेल, मन्त्रीमा केशवराज नेपाल, कोषाध्यषमा सन्तोष खनार निर्वाचित भएका हुन् । सहकोषाध्यक्षमा भने एकल उम्मेदवारी परेकाले सन्तोष कुमार शर्मा नेपाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तैगरी खुल्ला सदस्य पदमा डा.झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने, केशवप्रसाद पौड्याल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिल्सिना, मोतिराज अधिकारी निर्वाचित भएका हुन् ।

यस्तै महिला सदस्यमा शारदा केसी, मिना कुमारी राना र भगवती न्यौपाने निर्वाचित भएको मतदान अधिकृत विनोद भारतीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च