बसन्तपुर र नुवाकोट केवलकार सञ्चालनको तयारी

पाल्पा । पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर र नुवाकोट जोड्नेगरी बुटवलमा दुईवटा केवलकार निर्माण भईरहेको छ । लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने बसन्तपुर र वडा नं. २ मा पर्ने नुवाकोट गढी जोड्नेगरी तिनाउ नदिको वारी र पारी वेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केवलकार र सिद्धार्थ केवलकार निर्माणको काम तिब्र पारिएको हो ।
तिनाउ नदिको पुर्वमा सिद्धार्थ राजमागसँगै बुटवल उपमहानगरपालिका वडा नं. ३ बमघाटमा आधार स्टेशन रहेको लुम्बिनी केवल कारको टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ बसन्तपुरमा छ । यो केवलकार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको हो । बसन्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित त्यसको आधारको रुपमा केवलकार निर्माण गर्न लागिएको लुम्बिनी केवलकार प्रा.लि.का अधयक्ष चन्द्रप्रसाद ढकाल बताउनु हुन्छ ।
यसले पाल्पाको बसन्तपुर क्षेत्रमा नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र आसपासको पर्यटन विकास संगै आर्थिक गतिबिधिलाई पनि चलायमान बनाउने उहाँको भनाई छ । यो केवलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गर्नुभएको थियो ।
साढे तीन अर्व बढी लगानीमा निर्माण भईरहेको लुम्बिनी केवलकार यहि चैतको अन्त्य वा बैशाखको सुरुमा उद्घाटन गर्नेगरी काम भईरहेको छ । बसन्तपुरमा रहेको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । त्यस्तै आएका पर्यटकलाई बसाउनको लागि रिसोर्टहरु, पाँच तारे होटल र पार्क सहितका संरचना बनाउने काम भईरहेको छ । पाल्पाको बसन्तपुर डाँडामा १५० कोठा सहितको पाँचतारे होटल बन्दै छ ।

लुम्बिनी केवलकारमा २५ वटा गोण्डुला (बाकस) हुन्छन् । एउटा गोण्डुलामा ८ जना यात्रु सवार गर्न मिल्छ । यसमा प्रतिघण्टा ६ सय यात्रु आवतजावत गर्न सक्नेछन् । यो केवलकार नियमित रुपमा सञ्चालनमा आउँदा दैनिक ५ हजार जनालाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकाल बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च