शहीद स्मारक ‘ए’ डिभिजन लिग :आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदै


काठमाण्डौ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् ।

लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।

खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । त्यस्तै हिमालयन शेर्पा र चर्च ब्वाइजको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।
यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च