सुर्यज्योति इन्स्योरेन्सद्धारा बीमित परिवारलाई मृत्यु दाबी रकम भुक्तानी

पाल्पा तानसेन। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराएका तनहुँ घिरिङ गाउँपालिका–२, का स्व. गोपाल नेपाली को श्रीमती निर्मला सार्किलाई रु. १३ लाख बीमा दाबी भुक्तानी गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीका पाल्पा तान्सेन शाखाका शाखा प्रबन्धक पारसमणी पोखरेल तथा शेल्स एक्जुकेटिभ नवराज शर्माले स्व. नेपालीकि श्रीमती निर्मला सार्किलाई चेक हस्तान्तरण गरेका हुन् ।

गोपाल नेपालिको नाममा जारी भएको २ वर्ष ६ महिना अवधिको वैदेशिक रोजगार (म्यादी) जीवनबिमा अन्तर्गत बीमित हुनुभएकोमा २०७९/१०/१४ गते उहाँको निधन भएको थियो | कार्यक्रममा बोल्दै शाखा प्रबन्धक पोखरेलले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने बताए । उनले बीमितका परिवारलाई केही भए पनि आर्थिक राहत पुग्ने बताए ।

वैदेशिक रोजगारीमा रहेका गोपाल अकस्मात बिरामी भै नेपाल आएको बेला निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च