पाल्पा दरबार क्षेत्रका ५७ वटा घर संरचना हटाइने

पाल्पा । पाल्पा दरबार परिसर बाहिर रहेका घर संरचना हटाइने भएको छ । तानसेन नगरकार्यपालिकाको बैठकले शित्तलपाटी मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको हो ।

सोमबार बसेको तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताए ।

‘पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरेको छ । अब ३५ दिने सूचना जारी गरि गरि प्रक्रिया अगाडी बढ्छ ।’ प्रवक्ता कार्कीले भने ।

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई पत्र लेख्दै तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च