पाल्पामा दुधको नयाँ मूल्य कायम

तानसेन। पाल्पामा आजदेखि लागू हुने गरी दुध र दुग्धजन्य पदार्थको मूल्यमा समायोजन भएको छ । सरकारले दुधको मूल्य बढाएपछि पाल्पामा पनि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र नेपाल डेरी एसोसिएसनले मूल्य बढाउने निर्णय गरेको हो ।

बढाएको मूल्य अनुसार भैँसीको दुधको मूल्य १२० रुपियाँ प्रतिलिटिर र गाइको दुधको मूल्य ९५ रुपैयाँ प्रतिलिटर कायम गरिएको सङ्घले जनाएको छ । सरकारले बढाएको मूल्य अनुसार पाल्पामा गाई र भैँसीको दुधको मूल्य बढाउने निर्णय गरिएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रामजी घिमिरेले जानकारी दिए।

बढाइएको मूल्य अनुसार प्रतिफ्याट सात रुपियाँ १५ पैसा र प्रतिएसएनएफ चार रुपियाँ ८१ पैसा कायम गरिएको छ । भैँसीको दुधमा भने १५ रुपियाँ दश पैसा प्रोत्साहन रकम दिने निर्णय भएको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल जिसीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च