नेपाल टेलिकमको पोस्टपेड अफर, ३३६ रुपैयाँमा एक महिना ढुक्क

काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले आजैदेखि लागू हुने गरी नयाँ अफरको रुपमा उक्त प्याकेज सार्वजनिक गरेको हो ।
नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने बताएको छ । ३ सय ३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १ सय मिनेट कल गर्न सकिने टेलिकमले जानकारी दिएको छ । उक्त अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

त्यसैगरी प्रत्येक दिन ३ सय एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३ सय एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले 14152*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च