काठमाडौँ – सरकारले विसं २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । यस्तै गरेर शनिवार ५१ दिन विदा रहेकाे छ ।
सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ । राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिवार बाहेक ३५ दिन बिदा गरेर ८६ दिन मुख्य विदा हुने भएको छ । यस्तै यि बाहेक विशेष क्षेत्र र समुदाय र प्रदेश तथा स्थानीय तह अनुसार समेत थप बिदा हुनेछन् ।