श्रीनगर एफ.एम पाल्पा १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश

१३ चैत्र,
२०६० साल चैत्र १३ गतेबाट प्रविधिक प्रसारण सुरु गरेको देउरालीको सुसेली श्रीनगर एफ।एम पाल्पा आजबाट १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश गरेको छ ।
वार्षिक उत्सवको अवसरमा रेडियोले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो अवसरमा रेडियोका अध्यक्ष भिमसेन कार्कीले समस्त श्रोता,विज्ञापनदाता, रेडियोका सदस्यहरू,पत्रकार,कर्मचारी,शुभचिन्तक सबैमा आभार व्यक्त गर्नुभएको छ । अध्यक्ष कार्कीले देश विकास, समग्र मानव शक्ति र समाज रूपान्तरणमा एफ।एम रेडियोले सशक्त भूमिका खेल्दै आवाज बिहीनहरूको आवाज बन्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

वार्षिक उत्सवको अवसरमा रेडियो स्टेशन म्यानेजर देव पचभैयाले सञ्चार माध्यमकै कारण देशमा सकारात्मक परिवर्तन आएकाले रेडियोको समाचार र कार्यक्रमले समाजमा सुसुचित गरेको बताउनु भयो । साथै, सत्य,तथ्य सुचना सहितका समाचार स्रोतामाझ प्रसारण गरिने कुरामा अझै मिहेनत गर्नेमा म्यानेजर देव पचभैयाको जोड थियो। इलेक्ट्रोनिक संचार माध्यम स्रोतामाझ निकै उपयोगी भएकोले विषम परिस्थितिमा रेडियो झन उपयोगी रहेको रेडियोका स्टेशन म्यानेजर देव पचभैयाको भनाइ छ ।

नेपाल पत्रकार महासँग पाल्पाको अध्यक्ष रेखीराम रानाले वार्षिक उत्सवको अवसरमा रेडियोलाई शुभकामना दिदै राज्यको चौथो अगंका रूपमा रहेको सञ्चार माध्यमहरूले कडा रूपमा प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।अहिलेको अवस्थामा एफ।एम रेडियोको सन्चालन गर्न गाह्रो रहेको बताउदै केन्द्रिय तथा स्थानिय सरकारले रेडियोलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।

श्रीनगर एफ।एमले २०६० चैत्र १३ गते देखि प्रविधि प्रशारण र २०६१ बैशाख २८ गते परिक्षण प्रशारण शुरु गर्‍यो थियो ।
हाल श्रीनगर एफ।एम ९३।२ मेगाहर्जले बिहान ५ः०० बजे देखि राती ११ः०० बजे सम्म नियमित १८ घण्टा प्रसारण गर्दे आईरहेको छ ।रेडियो श्रीनगर एफ।एम ९३।२ मेगाहर्जले मुलतः समाचार,सुचनामुलक जानकारी मुलक एवं मनोरञ्जनात्मक कार्यक्रममा जोड दिदै आएको छ । यसका अलावा स्थानीय बिषयबस्तुहरुलाई मुख्य प्राथमिकता दिएर प्रचार–प्रसार गर्ने तथा सामाजीक बिषयबस्तुहरुलाई निति निर्माण तहसम्म पुर्याउनका लागि एउटा सहजकर्ताको भुमिका खेल्दै स्थानीय जनताहरुमा चेतना फैलाउने काम समेतमा यसले आफ्नो भुमिका निर्वाह गर्दै आईरहेको पाईन्छ ।

समाजको सकारात्मक परिवर्तनका लागि आफ्ना कार्यक्रमहरु मार्फत महत्वपुर्ण भुमिका निर्वाह गर्दे आईरहेको यस रेडियो श्रीनगर एफ।एम ९३।२ मेगाहर्ज आदीवासी जनजाती, अल्पसंख्यक ,दलीत मधेषी तथा पिछडीएका बर्गको हक हित र अधिकारका लागि समेत आफ्नो आवाज उठाउदैं आएको यस रेडियो अहिले आफ्ना लाखौं स्रोताहरुको ढुकढुकीमा बस्न सफल छ ।

गीत संगीत बजाए बापत स्रष्ट्रालाई रोयल्टी प्रदान गर्ने निजी एफ.एमको रुपमा रहको यस एफ,एम ९३ दशमलब २ मेजाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन जिल्ला लगायत छिमेकी राष्ट्र भारतका केहि स्थानमा समेत सुन्न सकिन्छ भने ईन्टरनेट अनलाईनको www.shreenagarfm.com.np मार्फत संसारभर प्रत्क्षय रेडियो सुन्न र समाचार पढ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च