ह्टाउने भनिएका तानसेन सडकका घरटहरा बाट नगरपालिकालाई ४२ लाख कर तिर्न बाकी

पाल्पा । तानसेन नगरपालिकाको कार्यापालिकाको बैठकले शितलपाटी, मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको पछि त्यस क्षेत्रमा व्यापार गदै आएका व्यापारीमा खैलाबैला मच्चिएको छ ।

पाल्पा दरबारलाई विश्व सम्पदा सुचिमा समावेश गर्न तथा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय भएको तानसेन नगर पालिकाले जनाएको छ ।
ऐतिहासिक शहर तानसेनका सौन्धर्यकरणका लागि पुरातत्व विभागले गत माघ १० गते संरचना हटाउन नगरपालिकालाई पत्रसमैत लेखेको थियो ।
रोचक कुरा के छ भने नगर पालिकाले हटाउने भनेका तानसेनस्थित मख्खनटोलका घरटहरामा व्यापार गर्ने व्यापारीहरूले तानसेन नगरपालिकालाई लाखौँ कर तिरेका छैनन् । यहाँका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख राजश्व नतिरेको खुलेको छ ।

नगरपालिकालाई अटेर गरेर उनीहरूले वि।स। २०६६ सालदेखि हालसम्म कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरुले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार बढी कर तिरेका छैनन् । नगरपालिकाले घरटहराको मासिक ५०० देखि २ हजार रुपियाँसम्म टंकी बहाल कर तोकेको छ । यद्यपी उनीहरूले भने विभिन्न व्यापारीबाट भाडामा लगाएर शुल्क उठाइरहेका छन् ।

यता २३ जना व्यापारीले भने नगरपालिकाले मनोमानी रुपमा कर लगाएको भन्दै कर नतिरेको बताएका छन् । यद्यपी नगरपालिकाले भने नगर क्षेत्रको जग्गामा बहालबिटौरी तथा टंकीबहाल कर लगाउने अधिकार आफ्नो भएको बताएको छ । सडक हाम्रो हो जे पनि गर्न सकिन्छ भन्ने मनसाय सडक क्षेत्रका टहरा बिक्री गर्ने व्यापारीमा देखिएको नगरपालिकाले जनाएको छ । सडकको जग्गामा दश वर्षदेखि सित्तैमा व्यापार गरेका व्यापारीले एउटा सटरको ६ हजारदेखि २० हजारसम्म भाडामा लगाएको व्यापारीकै भनाइ छ ।

नगरपालिकाले नउठेको कर उठाएर मात्र घर टहरा भत्काउछ की बाकी अवस्थामा हटाउँछ त्यो भने हेर्न बाकी छ ।उता आफुहरुले कर तिर्न खोजेपनि नगरपालिकाले कर लिन नमानेको भन्दै व्यापारीहरुले आफुहरुलाई नगर पालिकाले उचित व्यवस्थापन नगरे सम्म सटर नछोडने जनाएका छन ।नगरपालिकाले भने ३५ दिने सुचना जारी गरी व्यापारीहरुलाई घर सटर खाली गर्न निर्देशन दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च